एजेन्सी
बुधवार, असार २७, २०७५
1976

सन फ्रान्सिस्को-नेपालमा १ लाख रुपैयाँको तलब पाउने जागिर पायो भने यसलाई अहो भाग्य मानिन्छ । साथी संगतीमा यो परिमाणमा तलब खानेको ठूलै चर्चा हुन्छ । तर विश्वको यस्तो सहर पनि छ जहा १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब मानिन्छ । त्यो सहर हो अमेरिकाको सन फ्रान्सिस्को ।
अमेरिकाको आवासीय तथा सहरी विकास विभागले हालै सर्वाजनिक गरेको एक प्रतिवेदनले यस्तो संकेत गरेको हो ।

प्रतिवेदनका अनुसार सन फ्रान्सिस्को, सन माटियो तथा यसको आसपासमा बस्ने चार सदस्यको परिवारले यदी १ करोड २८ लाख कमायो भने यसलाई कम आम्दानी मानिन्छ ।
यदी कुनै परिवारले ८० लाख कमायो भने त्यो परिवार गरिब हुन्छ ।
ब्रुकिङ इन्सटिच्यूटको वेब साइट हेमिल्टन प्रोजेक्टको एक सर्भेले अमेरिकामा नागरिकको कमाईमा धेरै अन्त भएको देखाएको छ ।
अमेरिकाको लगभग दुई तिहाई परिवारको कमाई सन फान्सिस्कोको १ करोड २८ लाख कमाउने गरिब परिवारको भन्दा कम छ ।
अमेरिकामा ४ सदस्यको परिवारको औसत कमा ई करिब ९९ लाख रुपैयाँ रहेको छ । यसमा पनि धेरैको कमाई ६५ लाख रुपैयाँ रहेको छ ।
३२.६ करोड जनसंख्या रहेको अमेरिकामा ४ करोड भन्दा बढी मानिस गरिबीको रेखामुनी रहेका छन् । यस किसिमका परिवारको कमाई करिब २७ लाख रुपैयाँ छ ।