एजेन्सी
मंगलबार, श्रावण २२, २०७५
3497

बेइजिङ-चीनले आफ्नो पहिलो हाइपरसोनिक विमानको सोमबार सफल परिक्षण गरेको छ । यो विमान परमाणु हतियार मार हान्न सक्षम भएको दावी चीनले गरेको छ । यो विमानले हालका सबै एन्टी मिसाइल सिस्टम ध्वस्त पार्न सक्छ । यो विमानको मिसाइल मार हान्न सक्ने क्षमता ५५ सय किलोमिटर रहेको छ । यो विमानले मिसाइल हान्न सक्ने क्षमता मुम्बई, चेन्नई, रुसको राजधानी मस्को, युरोपका कैयौ मुलुक सहित आधा विश्व रहेको छ । अमेरिका र रुसले पनि यस किसिमका विमानको परिक्षण गरिसकेका छन् । यद्यपि उनीहरुको परिक्षण भने सफल भएको थिएन । शुक्रबार उत्तर पश्चिमी चीनको चिह्नित क्षेत्रमा जिङकाङ–२ तथा स्टारी स्काईको लन्च गरेको चीनको एकेडेमी अफ एरोस्पेस एरोडायनामिक्सले विज्ञप्तिमार्फत् जनाएको छ । यसलाई मल्टि स्टेज रकेटबाट प्रहार गरिएको थियो । लन्च गरेको १० मिनेटपछि यो रकेटबाट छुट्टिएर हावामा आपैm उडेको थियो र निर्धारित क्षेत्रमा अवतरण समेत भएको थियो ।
स्थानिय मिडियाका अनुसार यो विमानलाई वेबराइडर नाम दिइएको छ । परिक्षणको समयमा यो विमान ३० किलोमिटरको उचाइसम्म उडेको थियो । यो हाइपरसोनिक विमानको ढाँचा सीएएएले चीनको एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर गरेको हो ।

विशेषज्ञका अनुसार यो विमान सक वेबमा चल्छ । प्रयोगका लागि सेनामा पठाउनु पूर्व यसको कैयौ परिक्षण गरिने बताइएको छ । उनीहरुका अनुसार यो विमान हालको एन्टी मिसाइल सिस्टम क्रुज तथा ब्यालेस्टिक मिसाइललाई रोक्नका लागि तयार गरिएको हो । चीनको यो हाइपरसोनिक विमान आफ्नो तीव्रताका कारण यी प्रणालीहरुलाई ध्वस्त गर्न सक्ने क्षमताको छ । यसलाई कुनैपनि रकेटको माध्यमबाट लन्च गर्न सकिन्छ ।
चीनले आपूmलाई अमेरिका तथा रुसका अनुसार तयार पार्न लागेको विशेषज्ञहरुले बताएका छन् । चीनले यो वर्ष १७५ अर्ब डलरको रक्षा बजेट छुट्याएको छ । चीनले आपूmलाई अमेरिका, रुस तथा युरोपेली संघको बराबरीमा आउनका लागि तयारी गरिरहेको उनीहरुले बताएका छन् ।