एजेन्सी
बुधवार, श्रावण २३, २०७५
484

बेइजिङ-चीनले एप्पललाई बार्गेनिङ चिप्सको रुपमा प्रयोग गर्न सक्ने पिपुल्स डेलीले जनाएको छ । एप्पलले चीनमा सस्तो श्रम लागत र सप्लाई चेनको फाइदा उठाउदै आएको छ । चालू अवस्थाको व्यापर युद्धको समयमा एप्पलले चीनको आक्रोश र राष्ट्रवादी भावनाको सामना गर्नुपर्ने र आपूmले कमाएको नाफा चिनियाँ जनतालाई बाड्नु पर्ने अवस्था आउन सक्ने पिपुल्स डेलीले जनाएको छ । यो समाचार विशेषगरी गत साता ग्लोबल टाइम्समा प्रकाशित भएको थियो ।
जुनसम्मको त्रैमासिक अवधिमा एप्पलले चीनमा ९.६ अर्ब डलरको आम्दानी गरेको थियो । यसले कम्पनीलाई हालमात्र १० खर्ब डलरको मूल्यमा पुग्नका लागि सहयोग गरेको थियो ।

तर अमेरिका र चीनबीचको चालू अवस्थाको व्यापार युद्धले एप्पल र अन्य अमेरिकी फर्महरुलाई थिलथिलो पार्न सक्छ । बेइजिङले यसलाई बार्गेनिङ चिप्सको रुपमा प्रयोग गर्न सक्ने लेखमा उल्लेख गरिएको छ ।
“यदी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र अंगिकार गरेको संरक्षणवादी नीतिले चिनियाँ कम्पनी नराम्ररी प्रभावित भएमा चिनियाँ बजारमा पाएको लोभ लाग्दो सफलताप्रति राष्ट्रवादी भावनाले भड्काउन सक्छ,” पिपुल्स डेलीले जनाएको छ ।
“अमेरिकी कम्पनी एप्पलका लागि चीन सर्वाधिक महत्वपूर्ण विदेशी बजारको रुपमा रहदै आएको छ । यदी चिनियाँ जनताले आक्रोश र राष्ट्रवादी भावना प्रयोग गरे भने उनीहरुको निशानामा एप्पल पर्न सक्छ । व्यापार विवादका बावजुद चीन एप्पलका लागि आफ्नो ढोका बन्द गर्न चाहदैन । तर अमेरिकी कम्पनी चीनबाट राम्रो परिमाणको पैसा कमाउन चाहन्छ । हालको यसको आवश्यकता भनेको चिनियाँ जनतासँग आफ्नो लाभांश वितरण गर्नु हो,” डेलीले उल्लेख गरेको छ ।
एप्पलले कसरी आफ्नो नाफा चिनियाँ नागरिकमा बाड्नु पर्छ भन्ने विषयमा उक्त प्रकाशनले केही कुरापनि उल्लेख गरेको छैन । यो विषयमा एप्पलले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
अमेरिकी प्रशासनले ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरसँग २०० अर्ब डलरका चिनियाँ सामानमा अघिल्लो १० प्रतिशतको कर लगाउने विषयलाई बढाएर २५ प्रतिशत पु¥याउने विषयमा विमर्श गर्न आग्रह गरेपछि गत साता चीनले पनि आपूm ६० अर्ब डलरको अमेरिकी सामानमा भन्सार लगाएर बदला लिन तयार भएको जनाएको थियो ।
अहिलेसम्म एप्पल व्यापार युद्धको प्रभावबाट सुरक्षित रहदै आएको छ । ट्रम्पले एप्पलका सीईओ टिम कुकलाई जुनमा चीनमा हुने आईफोनको एसेम्बलमा करबाट मुक्त हुने बताएका थिए ।
तर पिपुल्स डेलीले आईफोको विषयलाई उठाएको छ । आईफोनको आपूर्तिमा संलग्न रहदै आएका चिनियाँ कम्पनीले कुल नाफाको १.८ प्रतिशत मात्रै प्राप्त गर्दै आएका छन् । आपूmले यो तथ्यांक कहाबाट प्राप्त गरेको भन्ने विष्यमा पिपुल्स डेलीले कुनै स्रोत उल्लेख गरेको छैन ।
अन्ततः विश्वकै दुई ठूला अर्थतन्त्रहरुबीचको विवादले अमेरिकी कम्पनी आगोको घेरामा पर्न सक्ने तर्क चिनियाँ मिडियाहरुले राख्दै आएका छन् ।
“ट्रम्प प्रशासनले सुरु गरेको व्यापार विवादले चीनलाई चीन– अमेरिका व्यापारको पुन परिक्षण गर्नका लागि चीनलाई घचघचाएको छ,” पिपुल्स डेलीले लेखेको छ ।