एजेन्सी
बुधवार, श्रावण २३, २०७५
2445

वासिङटन-एग्रो व्यवसाय, खुद्रा बिक्री र प्रविधिलाई प्रतिनिधित्व गर्ने केही अमेरिकी उद्योगहरुले ट्रम्प प्रशासनको भन्सारले उनीहरुलाई नोक्सान पु-याएको बताएका छन् । यसले किसान, म्यानुफ्याक्चरर र उपभोक्तालाई दीर्घकालिन रुपमै प्रभाव पार्ने बताउदै उनीहरु ट्रम्पमाथि खनिएका छन् ।
इन्टेल, क्वालकम र टेक्सास उपकरण लगायतका म्यानुफ्याक्चरर र डिजाइनरलाई प्रतिनिधित्व गर्ने अमेरिकी सेमिकन्डक्टर उद्योग संघ (एसआईए) ले आफ्ना सामानहरु २७९ उत्पादन लाईनको अन्तिम सूचीमा पर्ने बताउदै अमेरिकी कदम निराशाजनक र झुक्याउने किसिमको भएको बताएको छ ।
कुल ६.३ खर्ब डलर मूल्य पर्ने सेमिकन्डक्टर र सम्बन्धित उत्पादन भन्सारबाट नराम्ररी प्रभावित हुने संस्थाले जनाएको छ ।
“हामीले ट्रम्प प्रशासनसामु समभावित अवस्थाको बारेमा जानकारी गराएका छौ । चीनबाट आयात हुने सेमिकन्डक्टरमा लगाइने भन्सारले अमेरिकाको चिप निर्मातालाई प्रभाव पार्छ, चीनलाई होइन । यसले चीनको समस्यागस्त्र र भेदभावपूर्ण व्यापार अभ्यासलाई कुनै पनि असर पार्दैन,”एसआईएका प्रमुख कार्यकारी जोन निउफरले बताए ।
“अमेरिकी व्यवसाय र उपभोक्ताको स्वार्थको रक्षाका लागि र अर्थपूर्ण समाधान हासिल गर्न सकिन्छ भन्ने विषयमा हामी यो विषयलाई अगाडि बढाइरहने छौ र आशावादी पनि छौ,” उनको भनाई थियो ।
फार्मर्स फर फ्रि ट्रेड इन यूएस (एफएफएफ) ले अमेरिकी किसानले पहिलेनै बजार अवरुद्ध भएको अवस्था पाएको र व्यापार विवादले पहिलेनै तनावको अवस्थामा रहेको खाद्य र कृषि क्षेत्रले अर्बौ डलरको नोक्सानी बेहोर्नुपर्ने जनाएको छ ।
“कृषि सामग्रीको मूल्य ओरालो लागेको र आपूmहरुलाई विदेशी प्रतिस्पर्धीले उछिनेका छन्,”एफएफएफका कार्यकारी निर्देशक ब्रायन कुइचले बताएका छन् । यस्तो अवस्थामा पनि ह्वाइट हाउसले किसानलाई धैर्य गर्न आग्रह गरेको आरोप उनीहरुले लगाएका छन् ।
थप १६ अर्ब डलरका चिनियाँ सामानमा भन्सारको मिती तय
अमेरिकाले २३ अगस्टदेखि थप चिनियाँ सामानमा भन्सार लगाउने भएको छ ।
विश्वकै दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध थप विस्तार भएको अवस्थामा अमेरिकाको यस्तो निर्णय सार्वजनिक भएको हो ।
१६ अर्ब डलरका वार्षिक आयातको चिनियाँ सामग्रीमा २५ प्रतिशतको भन्सार लगाइने अमेरिकाले जनाएको छ ।
यो भन्साराई मार्चमा घोषणा गरिएको ५० अर्ब डलरको अमेरिकी कदमको अंशका रुपमा हेरिएको छ ।
अमेरिकाले पक्षपातपूर्ण चिनियाँ व्यापार अभ्यासका कारण यो भन्सार लगाइएको जनाएको छ ।
यस किसिमका अभ्यासहरुमा केही क्षेत्रहरुमा स्थानिय साझेदारसँग मात्रै लगानी गर्न पाउने बाध्यकारी नियम रहेका छन् ।
अमेरिकाले ३४ अर्ब डलरका चिनियाँ सामानका लगाएको पहिलो चरणको भन्सार जुलाईदेखि कार्यान्वयनमा आएको थियो ।
२७९ सामग्रीको अतिरिक्त सूची यसै महिनाको अन्त्यबाट कार्यान्वयमा आउने छ । यसलाई अमेरिकी व्यापार प्रतिनिधिले मंगलबार घोषणा गरेका थिए ।
यस किसिमका उत्पादनहरुमा सेमिकन्डक्टर, रसायन र मेसिनरी पार्टसहरु रहेका छन् ।
यो विषयमा अमेरिका र चीनबीच भएको वार्ताले समाधान निकाल्न असफल भएको थियो । यसैका कारण चीनले पनि भन्सारकै माध्यमबाट बदला लिनका लागि चीनलाई प्रोत्साहित गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो चेतवानीलाई विस्तार गरेका छन् । हाल अमेरिकाले थप २०० अर्ब डलरका चिनियाँ सामानमा भन्सार लगाउने विषयमा विमर्श गरिरहेको छ । यसमा उपभोग्य लगायतका सामग्रीहरु पनि रहेका छन् ।
ट्रम्पले सबै चिनियाँ आयातमा भन्सार लगाएर चीनलाई प्रभावित पार्ने बताएका छन् ।