एजेन्सी
बिहिवार, श्रावण २४, २०७५
461

बेइजिङ-चीनले पनि बदलाको कारबाही स्वरुप १६ अर्ब डलरका अमेरिकी सामानमा २५ प्रतिशत भन्सार लगाएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले यो कुराको जानकारी गराएको हो । चीनले २५ प्रतिशत भन्सार लगाएको ३३३ सामग्रीमा ठूला यात्रु कार र मोटरसाइकललाई पनि समावेश गरिएको छ । सूचीमा विभिन्न इन्धनका साथसाथै फाइबर अप्टिकल केबुलहरु पनि रहेका छन् ।
पछि गएर चीनले कोइला, ग्रिज, भ्यासलिन, अस्फाल्ट र प्लास्टिकका उत्पादन तथा रिसाइकलका सामग्रीमा पनि प्रतिबन्ध लागउने. जनाएको छ ।
अमेरिकी व्यापार प्रतिनिधको कार्यालयले १६ अर्ब डलरका चिनियाँ सामग्रीको सूची सार्वजनिक गरेपछि चीनको यस्तो घोषणा सार्वजनिक भएको हो । अमेरिकाले लगाएको भन्सार अगस्ट २३ देखि कार्यान्वयमा आउने छ । अमेरिकाको यो पछिल्लो सूचीपछि ५० अर्ब डलरका चिनियाँ सामग्रीमा २५ प्रतिशतको भन्सार लाग्ने छ ।
“यो बिलकुल टिट–फर–ट्याट हो,”बी रिले एफबीआरमा प्रमुख बजार रणनीतिकार आर्ट होगानले बताए ।
“हाम्रो १६ अर्ब डलरको कदम निर्धारित समयमा आउने छ । यो २३ अगस्टमा आउनेछ । चीनले भनेको छ–तापाईको १६ अर्ब डलर हेर्नुहोस् र हामी यसको बराबरीमा आएका छौ ।”
ट्रम्प प्रशासनले संरक्षणवादी अडान लिएपछि पछिल्ला महिनाहरुमा अमेरिका र चीनबीचको तनावमा वृद्धि हुदै गएको छ ।
गत महिना मात्र ३४ अर्ब डलरका चिनियाँ सामानमा लगाइएको भन्सार कार्यान्वयनमा आएको थियो । अमेरिकाले लगाएको भन्सारप्रति चिनियाँ सञ्चार माध्यमहरु अमेरिका बिरुद्ध खनिएका छन् । यी माध्यमहरुले चीनले पनि बदला लिने बताउदै आएका छन् ।
जुलाई २५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापारमा चीन कठोर बनेको आरोप लगाएका थिए । चीनले पनि अमेरिकी किसानलाई निशाना बनाउने बताउदै आएको उल्लेख गरिएको छ ।