एजेन्सी
बुधवार, मंसिर १३, २०७४

सोमबार भर्चुअल मुद्रा बिटक्वाइनमा ४.५ प्रतिशतको वृद्धि भएपछि यसको मूल्य ९ हजार ७ सय डलरको कीर्तिमानी उचाइमा पुगेको छ । हाल यो मुद्राको मूल्यमा शुक्रबारको तुलनामा २० प्रतिशतको वृद्धि भएको लक्जेम्बर्गस्थित बिटक्वाइन एक्सचेन्ज बिटस्ट्याम्पले जनाएको छ । यो वर्ष बिटक्वाइनको मूल्य १ हजार डलरको हाराहारीबाट सुरु भएको थियो ।

134
एजेन्सी
बुधवार, मंसिर १३, २०७४

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

131
एजेन्सी
मंगलबार, मंसिर १२, २०७४

उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको संकेत मिलेको जापानले जनाएको छ । जापानलाई केही रेडियो संकेत मिलेको र यसको आधारमा उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको बताइएको जापानको सरकारी सुत्रले मंगलबार जनाएको छ । यद्यपि यो संकेत साधारण नभएको र भूउपग्रहको दृश्य पनि नमिलेको बताइएको छ ।

150
एजेन्सी
मंगलबार, मंसिर १२, २०७४

कतारको आर्थिक वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन् । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये पनि कतारमा सबैभन्दा धेरै आर्थिक वृद्धि भइरहेको जानकारी दिए ।

140
एजेन्सी
सोमवार, मंसिर ११, २०७४

भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै साता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेका कारण भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।

119
एजेन्सी
आइतवार, मंसिर १०, २०७४

खर्च बढाउन र आर्थिक वृद्धिलाई टेवा दिनका लागि चीनले ह्विस्कीदेखि लिएर लत्ताकपडासम्मका १ सय ८७ उपभोक्ता सामानको आयातमा भन्सार कटौती गर्ने भएको छ । औषधी, खाद्यान्न, स्वास्थ्य सेवा र लत्ताकपडालगायतका यी सामग्रीमा भन्सार औसात १७.३ बाट कटौती गरेर ७.७ प्रतिशत कायम गर्न लागिएको वित्त मन्त्रालयले जनाएको छ ।

105
एजेन्सी
आइतवार, मंसिर १०, २०७४

विश्वकै ठूलो खुद्रा बिक्रेता कम्पनी अमेजनका संस्थापक पहिलो डलर खर्बपति भएको ब्लूमबर्गले जनाएको छ । ब्लूमबर्गले बेजोसको सम्पत्ति पहिलो पटक १ खर्ब डलर पुगेको जनाएपनि अर्को मूल्यांकन गर्ने पत्रिका फोब्सले उनको सम्पत्ति ९९.६ अर्ब डलर पुगेको जनाएको छ ।

139
एजेन्सी
शुक्रवार, मंसिर ८, २०७४

बेलायतले औपचरिक रूपमै विश्वको पाँचौं ठूलो अर्थतन्त्रको दाबी त्यागेको छ । ट्रेजरी प्रमुख फिलिप हामोन्डले बुधबार बेलायत विश्वकै पाँचौं ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको बताएका छन् । “बेलायत विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको छ,” हामोन्डले नजिकैबाट नियालिएको बजेट भाषणमा भनेका छन् ।

183
एजेन्सी
शुक्रवार, मंसिर ८, २०७४

सस्तो पैसाको लामो अवधि र लगानीकर्ताको ध्यान सुनतर्फ गएकाले आगामी पाँच वर्षमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरसम्म पुग्न सक्ने म्याकइवेन माइनिङका सिईओ रब म्याकइवेनले बताए ।

190
एजेन्सी
बिहिवार, मंसिर ७, २०७४

सेप्टेम्बरको अन्त्यसम्ममा भारतले लिएको अमेरिकी सरकारी सेक्युरिटीको स्वामित्व १४५.१ अर्ब डलर पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । यो स्वामित्वसहित अमेरिकी ट्रेजरीमा सर्वाधिक स्वामित्व लिनेमा भारत ११ औं ठूलो मुलुक भएको छ । अगस्टको तुलनामा सेप्टेम्बरमा भारतले लिएको स्वामित्व

196
एजेन्सी
बुधवार, मंसिर ६, २०७४

५ खर्ब मूल्यांकन नाघेको १ दिनपछि चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टले बजार मूल्यका आधारमा फेसबुकलाई उछिनेको छ । मंगलबार टेनसेन्टको सेयर मूल्य ४३९.६ हङकङ डलर कायम भएको थियो । सेयरको यो मूल्यसँगै कम्पनीको बजार पुँजीकरण ४.१७ ट्रिलियन हङकङ डलर अर्थात ५३४.५ अर्ब अमेरिकी डलर पुगेको छ ।

186
एजेन्सी
बुधवार, मंसिर ६, २०७४

सोमबार टेनसेन्टको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । सेयर मूल्य उकालो लागेसँगै कम्पनीको मूल्य पनि ५ सय अर्ब डलरभन्दा माथि पुगेको छ । कीर्तिमानी मूल्यांकनमा पुगेको प्रविधि कम्पनी चीनको पहिलो कम्पनी हो । अब टेनसेन्टको बजार मूल्य फेसबुक र अमेजनको नजिकै पुगेको छ । हङकङमा सूचीकृत भएको प्रविधि कम्पनी विच्याट मेसेजिङ एप र अनलाइन गेमका लागि परिचित हुँदै आएको छ । सोमबार कम्पनीको सेयर ४२० हङकङ डलर अर्थात् ५३.७६ अमेरिकी डलर पुगेको छ । कम्पनीको बजार पुँजीकरण तथा कुल मूल्य ३.९९ ट्रिलियन हङकङ डलर अर्थात् ५१०.७ अर्ब अमेरिकी डलर कायम भएको छ ।

155
एजेन्सी
मंगलबार, मंसिर ५, २०७४

अघिल्लो महिनाको तुलनामा अक्टोबरमा चीनमा नयाँ घरको मूल्यमा झिनो अन्तरको वृद्धि भएको छ । तरलता कसिलो भएको र सम्पत्तिको मूल्य कम पार्ने सरकारी प्रयासका कारण घरको मूल्यमा झिनो अन्तरको मात्रै वृद्धि भएको हो ।

156
एजेन्सी
आइतवार, मंसिर ३, २०७४

युरोपकै ठूलो कार निर्माता कम्पनी फक्सवागनले आगामी २०२२ सम्ममा विद्युतीय कार, अटोनोमस सवारी र डिजिटलाइजेसनमा ३४ अर्ब युरो अर्थात् ४० अर्ब डलर खर्चिने घोषणा गरेको छ । अटोमोटिभ उद्योगमा देखा परेको प्राविधिक परिवर्तनको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा फर्मको बोर्डमा भएको परामर्श कार्यक्रमपछि यो निर्णय गरिएको हो ।

148
एजेन्सी
आइतवार, मंसिर ३, २०७४

जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिएका छन् । उनले गत महिना जापानमा भएको आमनिर्वाचनमा करिब दुईतिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा सो प्रतिक्रिया दिएका हुन् ।

122