एजेन्सी
बिहिवार, फाल्गुन १६, २०७५

गाजप्रोमले चीनसँगको ग्यास पाइललाइनको निर्माण ९९ प्रतिशत पुरा भएको जनाएको छ । यो रुसी उर्जा कम्पनीले पावर अफ साइबेरिया लाइनको माध्यमबाट डिसेम्बरको सुरुमै ग्यास चीनमा आपूर्ति गर्ने अपेक्षा गरेको थियो ।

405
एजेन्सी
बिहिवार, फाल्गुन १६, २०७५

गत वर्ष विश्वका महँगा सहरमा एसियलाी र युरोपको बर्चश्व कायम भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक विश्वव्यापी जीवनयापनको खर्च प्रतिवेदनका अनुसार यो वर्ष पनि विश्वकै महँगो सहरको पहिलो स्थानमा सिंगापुर परेको छ । खाद्यान्न, पेय, पोशाक र घर भाडा लगायत १६० विभिन्न उत्पादनको मूल्यका आधारमा इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यो सूची तयार पारेको हो ।

505
एजेन्सी
बुधवार, फाल्गुन १५, २०७५

पाकिस्तानी लडाकु विमान भारतको हवाई क्षेत्रमा प्रवेश गरेपछि भारतीय र पाकिस्तानी जेट आमने सामने भएका छन् । पाकिस्तानले पनि भारतमा आक्रमण गरेको पुष्टि गरेको छ । तर, आफ्नो जेटले सीमा पार नगरेको र कुनै पनि मानविय क्षती नभएको पाकिस्तानले जनाएको छ । तीन पाकिस्तानी लडाकु विमानले भारत नियन्त्रित हवाई क्षेत्र पार गरेपछि भारतीय सेनाले रोकेको रोयटर्सले जनाएको छ ।

1679
एजेन्सी
बुधवार, फाल्गुन १५, २०७५

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वकै शीर्ष १० धनीको सूचीमा पर्न सफल भएका छन् । उनीसँग ५४ अर्ब डलरको सम्पत्ति रहेको छ । उनका भाई अनिल अम्बानी भने धनी मानिसको सूचीमा स्थान बनाउन असफल भएका छन् । उनको सम्पत्तिमा ६५ प्रतिशतको गिरावट आएको छ ।

1005
एजेन्सी
बुधवार, फाल्गुन १५, २०७५

भारतीय वायुसेनाले मंगलबार सूर्य उदाउनु भन्दा पहिलेनै पाकिस्तानमा रहेको आतंकवादी संगठन जैस–ए–मोहम्मदको क्याम्प तहसनहस बनाइ दिएको थियो । आधिकारिक पुष्टि नभएपनि भारतले यो हमलामा करिब ३०० आतंकवादी मारिएको अनुमान लगाएको छ । पाकिस्तानले पुलवालामा भएको आतंकवादी हमलापछि यी आतंकवादीलाई सुरक्षाका लागि क्याम्पमा पठाएको थियो । भारतकातर्फबाट यस किसिमको प्रतिक्रिया आउने उनीहरुलाई कुनै भाननै थिएन ।

2046
एजेन्सी
बुधवार, फाल्गुन १५, २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभरी पाकिस्तानमा गरिएको हवाइ हमला हेरेका थिए । उनी एकछिन पनि सुतेका थिएनन् । जुन समयमा भारतीय वायुसेनाको युद्धका विमानले पाक अधिनस्त काश्मीरमा जैस–ए–मोहम्मदको आतंकवादी ठेगानामा बम बर्साएका थिए, उक्त समयमा प्रधानमन्त्रीले घटनाक्रम हेरिरहेका थिए । यो जानकारी सरकारी सुत्रबाट प्राप्त भएको हो । मोदीले पुरै सात आखा पनि नझिम्क्याइकन आक्रमणको अन्त्य सम्म हेरेका थिए ।

1301
एजेन्सी
मंगलबार, फाल्गुन १४, २०७५

भारतीय वायु सेना (आईएएफ) को मिराज २००० ले भारत र पाकिस्तानी सीमा रेखा (एलओसी) मा आतंकवादीको क्षेत्रमा बमबारी गरेपछि पाकिस्तानी एफ–१६ पनि बदलाको कारबाहीमा उत्रिएको छ । तर भारतीय फरमेसनको आकारका कारण फर्किएको आइएएफ स्रोतलाई उद्र्धृत गर्दै एएनआईले जनाएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । उद्यपि आक्रमणको बारेमा कुनै पनि आधिकारिक पुष्टि भने भएको छैन । वेस्टर्न एयर कमाण्डले समन्वयात्मक अपरेसनमा विहानै आक्रमण गरेको विश्वास गरिदै आएको छ । पाकिस्तानले पनि आफ्नो जेट परिचालन गरेपछि भारतीय जेटले पेलोड खसालेको दावी पाकिस्तानले गरेको छ । तर कुनै पनि हताहती र क्षती भएको भने छैन ।

3895
एजेन्सी
मंगलबार, फाल्गुन १४, २०७५

अमेरिकाको मिचिगनमा एक महिलाले इमरजेन्सी सेवामा मद्दतमा ढिलाई गरेकोमा २ अर्ब ८४ करोड रुपैयाँको मुद्धा हालेकि छन् । गत वर्षको मार्चमा आफ्नो पति स्टेफेन ग्रीनलाई ह्दयघात भएको डोरोथी ग्रीनले बताएकि छन् । सोही सहयमा उपस्थित उनका कर्मचारीले इमरजेन्सी सेवामा १३ पटक फोन गरे । तर कसैले पनि फोन उठाएनन् । यसपछि स्टेफनको मृत्यू भएको थियो । हाल डेरोथीले अदालतमा यो ढिलाइलाई जीवन तथा मृत्यूबीचको अन्तरत भएको बताउदै लापरवाहीको आरोप लगाएकि छन् ।

743
एजेन्सी
मंगलबार, फाल्गुन १४, २०७५

क्रेग कोलीले ३९ वर्ष जेलमा बिताउनु हुन्नथ्यो भन्ने विषयमा सबै सहमत देखिन्छन् । ७१ वर्षे कोलीको बाँकि जीवन भने धनै धनमा बिताउनु पर्ने विषयमा पनि उनीहरुको सहमती देखिन्छ ।

564
एजेन्सी
मंगलबार, फाल्गुन १४, २०७५

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएपछि रुसका सरकारी सञ्चार माध्यमले अमेरिकी सैन्य ठेगाननको सूची जारी गर्दै परमाणु हमला भएमा मस्कोले अमेरिकाका सबै स्थानलाई निशाना बनाउने बताएका छन् । रुसी सञ्चार माध्यमका अनुसार रुस आफ्नो नयाँ हाइपरसोनिक मिसाइलको माध्यमबाट पाँच मिनेट भन्दा पनि कमको अवधिमा अमेरिकी परमाणु स्थललाई ध्वस्त पार्न सक्छ ।

922
एजेन्सी
सोमवार, फाल्गुन १३, २०७५

विमान अपहरणको प्रयास गरेका बंगलादेशी नागरिकले बोकेको बन्दुक नक्कली भएको प्रहरीले जनाएको छ । उनीसँग कुनै पनि विष्फोटक पदार्थ पनि थिएन । अपहरणको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ ।

958
एजेन्सी
सोमवार, फाल्गुन १३, २०७५

हुवावेले आइतबार फोल्डेबल स्मार्टफोन लन्च गरेको छ । सामसङले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको केही दिन लगत्तै हुवावेको यो फोन सार्वजनिक गरेको हो ।

840
एजेन्सी
सोमवार, फाल्गुन १३, २०७५

अमेरिका–चीनबीचको व्यापारयुद्धले विगत दुई वर्षको अवधिमा अमेरिकी कृषिक्षेत्रमा नराम्रो असर पारेको छ । यद्यपि अमेरिकी कृषि विभागको पछिल्लो तथ्यांकले विवादका कारण अमेरिकी किसानले भोग्नुपरेको कठिनाइप्रति राम्रो अवस्था देखाएको छ । यूएसडीएका प्रमुख अर्थशास्त्री रोबर्ट जोहनसनले व्यापार युद्धका कारण यो वर्ष २ करोड ५० लाख मेट्रिक टन अर्थात् २ करोड ७५ लाख टन अमेरिकी भटमास बिक्री नहुने बताएका छन् ।

695
एजेन्सी
सोमवार, फाल्गुन १३, २०७५

भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्वको समयमा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले सनसनीपूर्ण बयान दिएका छन् । उनले भनेका छन्,“यदी पाकिस्तानले १ बम खसाल्यो भने भारतले २० परमाणु बम खसालेर हामीलाई ध्वस्त पार्न सक्छ ।” यो भन्दा पहिले इन्डिया टुडेसँग कुरा गर्दै मुसर्रफले भनेका थिए,“पाकिस्तानलाई कमजोर सम्झने गल्ती भारतले नगरोस । पाकिस्तान भुटान होइन कि भारत कुनै पनि किसिमको कदम उठाएर पुनः फिर्ता लिन सक्छ ।”

2503
एजेन्सी
सोमवार, फाल्गुन १३, २०७५

अमेरिकाका केही नागरिकले देशको एक हिस्सा नै बिक्री गर्ने माग राखेका छन् । अमेरिकाको ऋण बढ्दै गएको अमेरिकीले एक वेबसाइटमार्फत बताएका छन् । यसलाई कम गर्न मोन्टाना राज्य क्यानडालाई बिक्री गर्नका लागि उनीहरूले माग गरेका हुन् । उक्त माग गर्ने मानिसहरूले यसको मूल्य १० खर्ब डलर निर्धारण गरेका छन् ।

1572