एजेन्सी
बिहिवार, चैत्र १, २०७४

नर्वेलाई पछाडि पार्दै फिनल्यान्ड विश्वकै खुसी मुलुक भएको छ । यो मामिलामा नेपाल १०१ औं स्थानमा परेको छ । हाम्रो छिमेकी मुलुक भारत १३३ औं स्थानमा परेको छ । नेपाल बंगलादेश, भारत, श्रीलंका र म्यानमार भन्दा पनि बढी खुसी मुलुक देखिएको छ । तर दक्षिण एसियाली मुलुक भुटान (९७) स्थानको तुलनामा नेपाल पछि रेको छ । पाकिस्तान र चीन पनि नेपाल भन्दा बढी खुसी देखिएको छ । यी मुलुकहरु सूचकी क्रमशः ७५ औं र ८५ औं स्थानमा छन् ।

2159
रासस
बुधवार, फाल्गुन ३०, २०७४

इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

1085
एजेन्सी
बुधवार, फाल्गुन ३०, २०७४

प्राध्यापक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । बेलायती सञ्चार माध्यमले परिवारका प्रवक्ताको हवाला दिदै उनको मृत्यू क्याम्ब्रिजमा रहेको आफ्नै घरमा भएको उल्लेख गरेको छ ।

1446
एजेन्सी
मंगलबार, फाल्गुन २९, २०७४

जापानका वैज्ञानिकहरुले १५ नयाँ ग्रहको खोजी गरेका छन् । यो मध्ये एक सुपर अर्थमा पानी पनि हुन सक्ने बताइएको छ । सौर्य मण्डलको बाहिर खोजिएका यी ग्रहले एक्सोप्लानेट रातो रङको तारालाई चक्कर लगाइरहेका छन् । रातो तारा आकारमा अपेक्षाकृत सातो र चिसो हुने गरेको छ ।

1359
एजेन्सी
मंगलबार, फाल्गुन २९, २०७४

टेस्ला र स्पेस एक्सका संस्थापक इलोन मस्कले आगामी वर्षको सुरुमा मंगल ग्रहमा अन्तरिक्ष सवारी पठाउने आफ्नो तयारी रहेको बताएका छन् ।

1119
रासस
सोमवार, फाल्गुन २८, २०७४

भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भन्नुभयो, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।”

914
रासस
सोमवार, फाल्गुन २८, २०७४

अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् ।

692
एजेन्सी
सोमवार, फाल्गुन २८, २०७४

रुसको रक्षा मन्त्रालयले कसैले परास्त गर्न नसक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिने यसै महिनाको सुरुमा हाइपरसोनिकको गतीमा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको बताएका थिए ।

1217
एजेन्सी
सोमवार, फाल्गुन २८, २०७४

दक्षिण कोरियामा प्रिअर्डर गर्नेले सामसङ इलेक्ट्रोनिकसको ग्यालेक्सी एस–९ पाउन थालेका छन् ।स्थानीय मोबाइल क्यारियरले ग्यालेक्सी एस–९ श्रृंखलाका फोनहरू उपभोक्तालाई वितरण गर्न थालेको बताएका छन् । यो फोनको आधिकारिक विश्वव्यापी सार्वजनिक गर्ने समय भने मार्च १६ तारिख तोकिएको छ ।

777
एजेन्सी
आइतवार, फाल्गुन २७, २०७४

फेबु्रअरीमा चीनको निर्यात उकालो लागेसँगै वासिङ्टनसँग चुलिएको तनावका बीच राजनीतिक रूपमा संवेदनशील मानिएको व्यापार बचत झनै फराकिलो भएको छ ।

468
एजेन्सी
आइतवार, फाल्गुन २७, २०७४

युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतमा आगामी १० वर्षसम्मको अवधिमा साताको औसत एउटा विमान आपूर्ति गर्ने जनाएको छ । आगामी २० वर्षसम्ममा भारतलाई नयाँ १ हजार ७ सय ५० विमानको आवश्यकता पर्ने पनि एयरबसले जनाएको छ । “एयरबसले आगामी १० वर्षसम्मको अवधिमा भारतलाई औसतमा सातामा १ विमानको आपूर्ति गर्नेछ,” एयरबसका भारत अध्यक्ष श्रीनिवास द्वारकानाथले बताए ।

2292
एजेन्सी
आइतवार, फाल्गुन २७, २०७४

आगामी सात वर्षको अवधिमा भारतको अर्थतन्त्र ५ ट्रिलियन डलरको हुने वाणिज्य मन्त्री सुरेश प्रभुले बताएका छन् । कुनै समयमा गएर भारतीय अर्थतन्त्र चीनको भन्दा ठूलो हुन सक्ने पनि उनले बताए । हाल भारतीय अर्थतन्त्रको आकार अनुमानित २.५ ट्रिलियन डलरको छ भने चिनियाँ अर्थतन्त्र ११.८५ ट्रिलियन डलरको छ ।

2438
एजेन्सी
शुक्रवार, फाल्गुन २५, २०७४

भौतिक सम्पत्तिसँग जोडिएका बोस्टन, कालगेरी, पर्थ र मकाउ विश्वका शीर्ष १५ धनी सहरको सूचीमा पर्न असफल भएको बजार अनुसन्धान फर्म न्यू वल्र्ड वेल्थले संकलन गरेको तथ्यांकले देखाएको छ ।

557
एजेन्सी
शुक्रवार, फाल्गुन २५, २०७४

ए–३८० र ए–४०० एम विमानको उत्पादन दरमा आएको कमीका कारण ३ हजार ७ सय रोजगारी जोखिममा पर्न सक्ने एयरबसले जनाएको छ ।

2665
एजेन्सी
बुधवार, फाल्गुन २३, २०७४

नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति १.५२ अर्ब डलर पुगेको छ । उनको सम्पत्ति गत वर्षको तुलनामा यो वर्ष २० अर्ब रुपैयाले वृद्धि भएको फोब्र्स म्यागेजिनले जनाएको छ ।२०१८ मो मार्च ६ सम्मको सम्पत्तिका आधारमा चौधरीको सम्पत्तिमा वृद्धि भएको बताइएको छ । अघिल्लो वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर थियो ।

2293