लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा सोमबार बसेको बैंकको १८ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी रु. ८ अर्ब ९२ करोड पुगेको छ । साधारण सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ०७४-०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न सेयर तथा डिबेन्चर अन्डरराइट गर्ने लगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । आव २०७४-७५ मा रु. ६५.५६ अर्ब निक्षेप र रु. ६२.६५ अर्ब कर्जा पु-याएको यस बैंकको वासलातको आकार रु ८१ अरब छ । सोही आवमा बैंकले १ अर्ब १८ करोडखुद मुनाफाआर्जन गर्न सफल भएको छ ।
यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।
सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रूपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु-याउने एक प्रमुख बैंकिङ सेवाप्रदायकको रूपमा बंैक अगाडि आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधिलगायत उत्तम व्यवस्थाप नभएको बैंकको रूपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित रहेको पनि बैंकले जनाएको छ ।