कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४
567

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाइ विन्टर डिलाइट स्किम’ ल्याएको छ । यस योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवासुविधा प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, एक लाखसम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनससँगै पुरानो सवारीको स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधासमेत प्राप्त गर्न सकिनेछ । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।