बजाजको नयाँ सोरुम बर्दघाटमा
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५
205

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधासहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा सञ्चालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरूका लागि उनीहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भुक्तान गर्नका लागि सधंै प्रतिबद्ध छ । नयाँ शोरुमले ग्राहकहरूलाई मोटरसाइकलको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।
नयाँ सोरुम खुलेको अवसरमा हंशराज हुलासचन्द एन्ड कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले बर्दघाट नवलपरासीका ग्राहकहरूको बढ्दो मागका कारण स्थापना गरेको बताए । नयाँ सोरुमको शुभारम्भसँगै सोरुमले ग्राहकहरू लागि आकर्षक पुरस्कारहरू पनि प्रदान गरेको छ ।