कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
1108

 नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ वर्ष २०७५ को अवसरमा सञ्चालन गरेको ‘नयाँ वर्षमा हिरोको प्राइजात्रा’ १ लाख नगद सन्दीप बानियाँले जितेका छन् । हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये पहिलोे पाक्षिक लक्की ड्र मार्फत कुपनमार्फत बानियाले उक्त नगद पुरस्कार जित्न सफल भएका हुन् । यस योजनाअन्तर्गत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने स्किम छ ।