कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बिमा सेवाहरु थप गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमायी बिमा सेवाहरुको शुभारम्भ गरिएको थियो । सिद्धार्थ आदर्श नारी दुर्घटना बिमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्रीबिमालेख हो ।

277
कारोबार संवाददाता
मंगलबार, माघ १, २०७५

बैंक तथा वित्तीय संस्थाले ऋणी ग्राहकले कर्जा नवीकरण गर्दा पनि अनिवार्य रुपमा कर्जा सूचना उपलब्ध गराउनुपर्ने भएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कर्जा तथा ग्राहकको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

676
रासस
सोमवार, पुष ३०, २०७५

नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

523
कारोबार संवाददाता
सोमवार, पुष ३०, २०७५

बहुउद्देश्यीय सहकारीले २ खर्ब रूपैयाँ निक्षेप परिचालन गरेका छन् । सञ्चालनमा रहेका ४ हजार बहुउद्देश्यीय सहकारीले गत आर्थिक वर्षसम्ममा २ खर्ब निक्षेप संकलन गरी सोही हाराहारीमा कर्जा लगानी गरेका हुन् ।

458
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन एक विशेष समारोहकाबीच कम्पनीका सञ्चालक खेमराज लामिछाने तथा विशेष अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाबाट सम्पन्न भयो ।

439
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

सहकारीकर्मीहरूले सहकारी संघ÷संस्थामार्फत उद्यमशीलता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका कानुनलाई सहकारीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारी स्थानीय तहदेखि प्रदेश र संघसम्मको क्षेत्राधिकारभित्र रहेकाले सबै तहमा बन्ने सबै क्षेत्रका कानुनलाई सहकारीमैत्री बनाउन सामुहिक पहल गर्ने सहकारीकर्मीले प्रतिबद्धता जनाएका हुन् ।

327
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

ग्लोबल आईएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान’हो भन्ने मूल नाराका साथ बिहीबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागिता थियो ।

363
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

सरकारले कृषि क्षेत्रका लागि दिने विभिन्न अनुदान कृषि सहकारीमार्फत वितरण गर्ने तयारी गरेको छ । व्यक्तिलाई दिएको अनुदान दुरूपयोग भएको भन्दै यसलाई सहकारीमार्फत परिचालन गर्ने योजना रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

348
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

एनआईसी एसिया बैंक लिमिटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५’ पाउन सफल भएको छ ।

274
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीको उपयोग गरेर गाउँगाउँमा समृद्धि हासिल गर्न सकिने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको साधारणसभामा उनले कृषिबाट समृद्धि हासिल गर्न सकिँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्दै सहकारीको उच्चतम् प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

303
अनिश शर्मा गैरे
बिहिवार, पुष २६, २०७५

गुल्मीको मुसिकोट नगरपालिकाले स्रोतको अभावले कृषि पेशा संकटमा नपरोस् भन्नका लागि कृषि ऋणमा ५० प्रतिशत अनुदान दिने भएको छ । चालू आर्थिक वर्षमा कृषकलाई करिब ४ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरी उनीहरूलाई लगानीको अभाव हुन नदिइने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । करिब ४ करोड बराबरको ऋण प्रवाह गर्दा नगरपालिकाले यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ बराबरको ब्याज बंैकहरूलाई तिर्नेछ ।

381
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

बारा जिल्लाको बरियापुरमा कृषि विकास बैंकमा अनलाइन बैंकिङको शुभारम्भ कार्यक्रमको आइतबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र पूर्वसांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयुक्त रूपमा औपचारिक उद्घाटन गरे ।

262
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबार प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।

322
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

नेपाल धितोपत्र बोर्डले आईपीओ तथा एफपीओको उच्च मूल्यमा प्रिमियम निर्धारणमा अंकुश लगाएको छ । मुद्रा तथा पूँजीबजारका समस्या समाधान गर्न गठित समितिले दिएको सुझावअनुसार बोर्डले आईपीओमा नेटवर्थको बढीमा २ गुणा र एफपीओमा बढीमा नेटवर्थकै मूल्यसम्ममा मात्र मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि आईपीओ र एफपीओ दुवैका लागि नेटवर्थको ४ गुणासम्म मूल्य निर्धारण गर्नसक्ने व्यवस्था थियो ।

372
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।

342