कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५
505

 नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार सुरु गर्ने गरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई उक्त प्रणालीमा आबद्ध गराएको छ । बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानीहरू गर्न सक्ने नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।
यस प्रणालीमा बैंकका ग्राहकहरूले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका कारोबारहरू गर्न सक्ने व्यवस्था रहेको भन्दै कम्पनीले सबै कारोबारहरू अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुने जनाएको छ । हालउक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् । छिटै अन्य सेवाहरू समेत थप गर्न सकिने गरी काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।