कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५
301

एनआईसी एसिया बैंकले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६५ शाखा कार्यालय, २ सय ७० एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।