कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५
367

काठमाडौं- आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा आइतबार प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाउँपालिकामा शाखा कार्यालय सभापोखरीको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६५ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा आइतबार एक समारोहकाबीच बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालय सभापोखरीको उद्घाटन गरे ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए ।