भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४
625

नेपाल इन्भेष्टमेन्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान-सुविधाखरिद गर्दा भिसा डेविट वाक्रेडिट कार्डमार्फत भुक्तानीगर्दा आफ्नो खातामाक्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमायस प्रकारका योजना थालिएको बैकले जनाएको छ ।
नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खाताामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको बैकले जनाएको छ । कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने भन्दै बैकले यस योजनामा सहभागि हुन न्यूनतम ५ सय रुपैयाँको कारोवार ग्राहकहरुले गर्नु पर्ने पनि जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याक लोयल्टी योजनामा सहभागी हुनपाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ । यस योजनाबाट सेन्चुरी बंैक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने बैकले जनाएको छ ।