कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
539

पाँच बुँदे काठमाडौं–घोषणापत्र जारी

सहकारीकर्मीहरूले सहकारी संघ÷संस्थामार्फत उद्यमशीलता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका कानुनलाई सहकारीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारी स्थानीय तहदेखि प्रदेश र संघसम्मको क्षेत्राधिकारभित्र रहेकाले सबै तहमा बन्ने सबै क्षेत्रका कानुनलाई सहकारीमैत्री बनाउन सामुहिक पहल गर्ने सहकारीकर्मीले प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीले सो प्रतिबद्धता जायर गरेको हो । गोष्ठी पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको हो । बिहीबारदेखि सुरु भएको सो गोष्ठीले सबै क्षेत्रमा सहकारीको च्यानल प्रवेशका लागि बाधा पु¥याउने कानुनलाई संशोधनका लागि सामुहिक प्रयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताए । “सहकारी जागरणका चरणबाट माथि उठिसकेका छन्, अब उद्यमशीलतामार्फत दिगो अर्थतन्त्र निर्माणमा भूमिका खेल्न चाहन्छन्,” उनले भने, “यसका लागि सबै उद्योगधन्दामा सहकारीको प्रवेशका लागि जहाँजहाँ कानुनी अड्चन छन् त्यसलाई हटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

घोषणापत्रमा नविन प्रविधिको प्रयोगमार्फत सहकारी संघ÷संस्थाका व्यवसायलाई पतिस्पर्धी बनाउँदै मुलुकभित्रै रोजगार सिर्जना गर्ने संकल्पसमेत गरिएको छ । त्यसैगरी सहकारी–सहकारीबीचको सहकार्यलाई सवल बनाई मूल्य शृङ्खलामार्फत प्रशोधन तथा बजारीकरण गर्दै लद्यु, मझौला र ठूला उद्योहरू सञ्चालन गर्नेसमेत घोषणपत्रमा उल्लेख छ ।
त्यसैगरी सहकारीमार्फत आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सहकारीको योगदान वृद्धि गर्दै २०३० मा हासिल गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धतासमेत घोषणपत्रमा व्यक्त गरिएको छ ।
गोष्ठीमा सातवटै प्रदेशका २ सय ३० भन्दा बढी सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायको प्रतिनिधित्व थियो ।

साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई
साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरेको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवसरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।
नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरूको आर्थिक, सामाजिक एवम् सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघमध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रूपमा नगद ५० हजारसहित सम्मानपत्रले पुरस्कृत गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानलाई एकीकृत बनाएर मूलधारमा ल्याउन सहयोग गरेकोप्रति सम्मान स्वरूप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए । उनले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपोन्मुख, पिछडिएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भूमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताए ।