कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
663

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन एक विशेष समारोहकाबीच कम्पनीका सञ्चालक खेमराज लामिछाने तथा विशेष अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाबाट सम्पन्न भयो ।
उक्त कार्यक्रमको सभापतित्व कम्पनीका सञ्चालक खेमराज लामिछानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कम्पनीका बारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले प्रकाश पारे । नेपालगन्ज तथा बाँके जिल्लाभर सर्वसुलभ बिमा सेवा पुर्याउने उद्देश्यले यस शाखा सञ्चालनमा आएको बताइएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बिमाहरू जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबिमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबिमामार्फत देशभर बिमाको पहुँच नपुगेका क्षेत्रहरूमा समेत बिमाको सर्वसुलभ पहुच पुर्याउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको पनि जनाएको छ ।