कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
361

 गरिमा विकास बैंक लिमिटेडले चैत ७ गते बिहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको वीरगन्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ । विकास बैंकले आर्थिक वर्ष २०७५ चैत ६ गतेसम्म २८ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।  गरिमा विकास बैंक लिमिटेडले चैत ७ गते बिहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको वीरगन्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ । विकास बैंकले आर्थिक वर्ष २०७५ चैत ६ गतेसम्म २८ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।