कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
355

ग्लोबल आईएमई बैंकले कैलाली जिल्लाको अत्तरियास्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु-याउने उद्देश्यले खोलिएको शाखाको पूर्वमन्त्री लेखराज भट्टले उद्घाटन गरे । शाखाको औपचारिक उद्घाटन गर्दै भट्टले अत्तरियालगायत देशका अन्य स्थानहरूमा ग्लोबल आईएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १४२ एटीएम, ९ वटा एक्सटेन्सन काउन्टर तथा १२१ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, यूएई, बहराइन, जोर्डन, बेलायत, भारतलगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।