कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
338

ग्लोबल आईएमई बैंकले आइतबार सल्यानको श्रीनगरमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु-याउने उद्देश्यले खोलिएको शाखाको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरे । ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधि र बैंकिङ सेवाको पहुँचका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैंकिङ पहुँच नपुगेको स्थानमा समेत बैंकिङ पहुँच पुु-याउने बताए । ग्लोबल आईएमईले बैंकले १ सय ३४ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १ सय ४२ एटीएम, ९ वटा एक्सटेन्सन काउन्टर तथा १ सय २१ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।