महालक्ष्मी विकास बैंक र सिटिजन लाइफबीच सम्झौता
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
109

 महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरूलाई एकद्वार सेवा प्रणाली स्वरूप जीवन तथा निर्जीवनको बिमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको जनाएको छ । यसै सन्दर्भमा बुधबार महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोहबीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार ग्राहकहरूले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवनबिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।