अमृता राई
बुधवार, जेठ २, २०७५
365

 कुुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा खोलेको छ । बैंकले ललितपुरको भट्टेडाँडा, बैतडीको डिलासैनी, धादिङको सिद्धलेक, तनहुँको घिरिङ, रसुवाको आमाछोदिङ्गबो, स्याङजाको हरिनास, महोत्तरीको भंगाहा, गुल्मीको कालीगण्डकी, तनहुँको ऋषिङ र उदयपुरको बेलकामा शाखा खोलेको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो ।
बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको छ ।
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७४ वटा शाखा, ६१ वटा एटीएमहरू तथा २ वटा एक्सटेन्सन काउन्टरहरूद्वारा सेवा दिइरहेको छ । थप १० वटा शाखापश्चात् बैंकको कुल शाखा सञ्जाल ८४ पुगेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा तथा भाइबर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।