कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
345

कैलाश विकाश बैंकले काठमाडौंको टेकुपचली भैरवस्थित सत्प्रयास वृद्धाश्रमलाई बैंकको तर्फबाट २४ थान कुर्सी र एक थान ठूलो त्रिपाल सहयोग गरेको छ । बैंकका सिनियर एक्जिक्युटिभ कृष्णगोपाल मानन्धरले एक कार्यक्रमबीच सो सामग्री हस्तान्न्तरण गरेका हुन् । बैंकको सामाजिक उतरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा सत्प्रयास वृद्धाश्रमका संरक्षक रघुवीर राजभण्डारी, वृद्धाश्रमका वृद्धा आमा कुन्ती कर्माचार्य संस्थाका अध्यक्ष श्रीमती विष्णुदेवी राजभण्डारीले कैलाश विकास बैंकको यो सहयोगले वृद्धाश्रमका वृद्धवृद्धा लाभान्वित हुने बताइएको छ ।