सिटी एक्स्प्रेस फाइनान्सको १२ औं वार्षिक साधारणसभा
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
109

सोमबार सम्पन्न भएको सिटी एक्स्प्रेस फाइनान्सको १२ औं वार्षिक साधारणसभाले अर्थिक वर्ष ०७३/७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँग सँगै हाल कायम चुक्ता पुँजीको १ः१.६७ दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावहरू पारित गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्र चुक्ता पुँजी ८० करोड पुराउन हकप्रद सेयर निष्कासन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जनाकारी गराए । सो वार्षिक साधारण सभामा संस्थापक समूहको तर्फबाट दुई जना सञ्चालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित पनि भएका छन् ।