कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
950

मेगा बैंक नेपालले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकलाई नवीनतम सुविधाहरू थप्दै जाने क्रममा मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरूलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको भन्दै यो सुविधापछि अब नयाँ ग्राहकहरूले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको जनाएको छ ।
“मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएका हौँ,” मेगा बैंककी निमित्त सीईओ रविना देशराज श्रेष्ठले भनिन्, “गाडीमा यात्रा गरिरहँदा, एयरपोर्ट, निजी कार्यालय वा घरमै बसेर पनि ग्राहकहरूले हाम्रो यो सुविधा लिन सक्नुहुनेछ, तर त्यसका लागि इन्टरनेट चाँहि चाहिन्छ ।”