चौबिसेमा नेपाल बंगलादेश बैंकको ७० औं शाखा
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
209

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ७० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले सोमबारदेखि धनकुटा जिल्लाको चौबिसे, राजारानीमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
सो कार्यक्रमको उद्घाटन, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईद्वारा संयुक्त रूपमा गरिएको बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ, उनले भने ।