कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
405

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे छ । यी थप शाखाहरूको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १ सय १ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको पनि बैंकले जनाएको छ ।
यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको भन्दै बैंकले यी शाखाको विस्तारसँगै ग्राहकलाई उनीहरूकै रोजाइको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको जनाएको छ ।