कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५
289

ओम डेभलपमेन्ट बैंकले काठमाडौंको न्युरोडमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको विधिवत् उद्घाटन गरेको हुन् । कार्यक्रममा नेपाल आदर्श माध्यमिक विद्यालय न्युरोड, काठमाडौंका विद्यार्थीहरूलाई स्टेसनरी प्रदान गरिएको थियो । बैंकले जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४ सय २६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटीएम संख्या १७ रहेको र विकास बैंकहरूमध्ये शाखारहित बैंकिङ सेवा प्रदान गर्ने पहिलो विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोसलीले बैंकले जर्मनीको केएफडब्लू बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरिरहेको, ग्राहकहरूलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको, बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको र भविष्यमा विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने बेहोरा जानकारी गराए ।