कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

एसियाको नोबेल पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इन्डस्ट्रिज सहकार्य गर्ने भएका छन् ।

222
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियानअन्तर्गत ४० भाग्यशाली विजेताको छनोट भएको छ । उनिहरू सबैले रसिया पुगेर त्यहाँ लाग्ने सम्पूर्ण खर्चसहित कम्पनीले बेर्होने गरी रसियामा हुने विश्वकप–२०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । यो योजना फेब्रुअरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो ।

225
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

कैलाली उद्योग वाणिज्य संघको यही वैशाख २२ गते हुन गइरहेको निर्वाचनमा नक्कली सदस्य थपिएको भन्दै मतदाताहरुले विरोध गरेका छन् । बुधबार उद्योग वाणिज्य संघ, कैलालीका मतदाताहरुले प्रदेश नं.७ को मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै चुनाव अगाबै नक्कली सदस्यका बारेमा छिनोफानो नभए उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

173
मीनकुमार नवोदित
बिहिवार, बैशाख १३, २०७५

सरकारले चिनीको आयातमा भन्सार महसुल वृद्धि गरेकोमा उद्योगी व्यवसायीहरूले आपत्ति जनाएका छन् । सरकारले यही वैशाख ४ गते चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल कर लगाएको छ । यसअघि १५ प्रतिशत थियो ।

2313
दीननाथ बराल
बुधवार, बैशाख १२, २०७५

दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट सेलको पोखरामा नयाँ शाखा विस्तार भएको छ । पोखरामा ४ जना युवाको समूहले पोखराको महेन्द्रलमा करिब ३० लाखको लागतमा स्मार्ट सेल बिक्री वितरण गर्नका लागि नयाँ शाखा स्थापना गरेका हुन् । उक्त शाखा कार्यालयको एक–एक समारोहकाबीच मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नायिका स्यारोन श्रेष्ठ, धर्मानुशासक मीन गुरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

223
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

वैशाख १३ देखि ब्राजिलमा सुरु हुन गइराखेको इन्टरनेसनल ट्रेड फेयर फर मेसिनरी एण्ड इक्वीपमेन्टस्मा भाग लिन नेपालका उद्योगी÷व्यवसायीहरूको टोली ब्राजिल जान लागेको हो । नेपाल ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल ब्राजिल जान लागेको संघले जनाएको छ ।

616
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ई–सेवामार्फत विद्युत्को बिल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । केन्द्रले यसै सातवाट मोबाइलको एप्लीकेसनमार्फत विद्युत्को बिल भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको हो ।

1608
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

विराटनगर विमानस्थलको स्तरोन्नति सुरु गरिएको छ । पूर्वका उद्योगी व्यवसायीहरूले लामो समयदेखि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा स्तरोन्नति गर्न माग गर्दै आएको थिए । तत्कालका लागि क्षेत्रीय भए पनि अहिले नै अन्तर्राष्ट्रियस्तरको बनाउने सम्भावना भने छैन । विस्तारका लागि विमानस्थलसँग पर्याप्त जग्गा छैन । स्तरोन्नति सुरु गरिएपछि दिउँसो २ बजेबाट सम्पूर्ण उडान बन्द गरिएको छ ।

1045
सरस्वती ढकाल
मंगलबार, बैशाख ११, २०७५

भन्सार असुलीमा सन्दर्भ मूल्यसूची वा व्यापारीले खरिद गर्ने वस्तुको बिलमध्ये कुनलाई आधार मान्ने भन्नेमा सरकार र व्यवसायीबीच विवाद चर्किएको छ । सरकार जसरी पनि सन्दर्भमूल्य नै लागू गर्ने पक्षमा छ भने व्यापारीहरू वस्तुको खरिद बिललाई आधार बनाउनुपर्नेमा अडिग छन् । सोमबार चेम्बर अफ कमर्समा आयोजित एक कार्यक्रममा पनि व्यवसायी र उच्च सरकारी अधिकारीहरू आफ्नो अडानबाट टसमस भएनन् ।

384
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

नेपालमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्न दुई दिने मेक नेपाल ग्रीन (नेपाललाई हरियाली बनाउ) सम्मेलन हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा हुने सम्मेलनमा नेपालका कृषि तथा प्राङ्गारिक (अग्र्यानिक) कृषिसँग सम्बन्धित विज्ञ तथा सरोकारवालाको सहभागिता हुनेछ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउन ‘हरियो नेपाल, समृद्ध नेपाल’ मूल नाराका साथ सम्मेलनको आयोजना हुन लागेको आयोजकले जनाएका छन् ।

256
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

राजविराज विमानस्थलको रनवे कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । रनवे कालोपत्रे नभएकै कारण विमानस्थल विगतमा पटक–पटक बन्द हुँदै आएको थियो । उद्घाटन भएको झन्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा विमानस्थल तयारी भएको हो ।

879
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

झापा मारवाडी समाजअन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ । यही वैशाख १५ गते आयोजना हुने महोत्सवको उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्ने आयोजकले जनाएका छन् ।

242
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

राष्ट्रिय फोटोपत्रकार समूहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मुख्य प्रायोजन ग्लोबल आईएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ग्लोबल आईएमई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४ हुने आयोजकले बताएको छ । साथै लाइफटाइम अचिभमेन्ट फोटो पत्रकारिता अवार्ड विधा पनि ग्लोबल आईएमई बैंकको नामबाट वितरण गरिने भएको छ ।

292
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा प्रकाशसिंह कार्की पुनर्निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १८ औं वार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको अधिकांश पदमा पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिएका छन् ।

577
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्बरले सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो ।

509