कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
285

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरू तिहार बिदाका सम्पूर्ण दिनहरूमा सञ्चालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर बिदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ । यसै प्रेस वक्तव्यमार्फत चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा सञ्चालित सम्पूर्ण सेवाहरू बिदाका दिनमा समेत साविकबमोजिम नै सञ्चालनमा आउने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू–टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।