कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
460

काठमाडौँ स्थित भारतीय राजदूतावास र क्लक बि बिजनेस इन्नोभेसनको सहकार्यमा ‘कनेक्टृइन, इन्टरनेसनल एन्टरप्रेनियरशिप कन्क्लेभ’को दोस्रो संस्करण शनिबार हुने भएको छ ।
गतबर्ष चैत्र १० गते, ‘कनेक्टृइन’को पहिलो संस्करणमा दुई देशका उद्यमी समुदायहरुको बीचमा नयाँ र अभिनव विचारहरूको आदानप्रदानको लागि ४०० स्टार्टअप, उद्यमी, लगानीकर्ता, इच्छुक युवाहरू, विशेषज्ञहरू, भारतीय र नेपाली सरकारी अधिकारी र मिडियाको सहभागितामा आयोजना गरिएको थियो ।

यस सम्मेलनमा नेपाल र भारतका भिन्नभिन्न स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ता, मार्केटर्स, वकीलहरू, लेखा परीक्षक, सरकार, विश्व विद्यालयहरू र कलेजहरू, मेंटर्स, सल्लाहकार, कर्पोरेट, इनक्यूबेटर, व्यापार उत्साहीहरुबिच सम्बन्ध बढाउने, र छलफल गर्दे आफनो अनुभव आदनप्रदान हुने आयोजकले बताएका छन् ।
बुधबार अयोजित गरिएको पत्रकार सम्मेलनमा भारतीय राजदूतावासका दोस्रो वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले युवाउद्यमीहरु, लगानीकर्ता, सल्लाहकारहरुसंग सम्बन्ध वृद्घि गनृ, त्यसैगरि विशिष्ठ उद्यमीको यात्राबाट सिक्ने, र भारत र नेपालका उद्यमीहरुबीच नेटवर्क बढाउन सकिने जानकारी दिए ।
कनेक्टृइनको मुख्य उद्देश्य मध्ये एक स्टार्टअप स्कआउट गर्ने, स्टार्टअप इन्क्युबेसन कार्यक्रममा ट्रेनिंग र मेन्टरशिप दिने, र अन्त्यमा सबैभन्दा धेरै सम्भावना भएको स्टार्टअपलाई फाइनलमा लैजाने योजना रहेको बताइएको छ । त्यसैगरि आयोजकहरूले कलेज र युवास्तरको प्रचारका गतिविधिहरू र आइडिएसन वर्कशपहरू विभिन्न शहरहरूमा आयोजना गरेको पनि बताए।
यस सम्मेलनका लागिसोशिअल मीडिया क्याम्पेन, आउटरिच क्रियाकलाप र पार्टनरसिपद्वारा सयौं आवेदनहरु प्राप्त गरिएको १०० आवेदनहरूबाट प्रमुअ २१ आइडियाहरु स्क्रिनगरि ७ दिनको ’स्टार्टअप इन्क्युबेसन कार्यक्रम’आयोजना गरिएको थियो । त्यसपछि यी २१ नवविचारहरुलाई ‘आइडिया अडिशन’ मा स्क्रिन गरी सबैभन्दा धेरै सम्भावना भएकोे टप ६ विचारले भारत र नेपालका उद्यमीलगानीकर्ता, र उद्यमीहरूको अगाडी पिच गर्ने बताईको छ । यी टप ६ आइडियाजहरु एयरलिफ्ट, स्वदेशी इनोभेसन्स, मेकर भ्याल्ली, अन्स्कूल, अफरिङ् ह्याप्पिनेस, र वाकम्यान, छानिएको क्लक बि बिजनेस इनोभेसनका निर्देशक डिल्लि राज जोशीले जानकारी दिए ।
नेपालकालागि भारतिय राजदुत मंजीवसिंह पुरीले कार्यक्रममा उद्घाटन गरेपछि यु फर्स्ट भेन्चर्स एन्ड ट्रान्सएशिया भेन्चर्सका संस्थापक विक्रान्त गुगननी, इन्डिया एन्ड साउथ एशियार ओयो होटेल्स एन्ड होम्सका प्रमुख कार्यकारी अधिकृत आदित्यघोष, आइ एम ई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रिजमा ऐडभरटाईजिङका प्रमुख कार्यकारी अधिकृत रंजीत आचार्य, किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल, सुष्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेल, भारतीय राजदूतावासका दोस्रो वाणिज्य सचिव कपिध्वज प्रताप सिंह, वेंचर फिलन्थ्रोपिस्ट र सामाजिक उद्यमी वरुण सर्राफ तथा कारोबार दैनिकका सम्पादक कुबेर चालिसे लगायत विभिन्न विधाका विषेशज्ञहरुले सम्बोधन गर्ने छन् ।
कार्यक्रमका आयोजकका अनुसार सम्मेलनमा सहभागी हुनकालागि १००० भन्दा बढी उद्यमी, स्टार्टअप, र विद्यार्थीहरूले आफनो नाम दर्ता गरेका छन् ।