कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५
418

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सले नारायणघाट र टाँढी पर्सा बिहीबार तथा शुक्रबार भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।
उक्त भेलामा नारायणघाटमा ¬१ सय ७५ जना र टाँढी, पर्सामा १ सय ५८ जना जति ठेकेदारहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एकमात्र सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओपीसी र ग्रीन पीएससी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको जनाएको छ ।