कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
1944

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्सका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य सुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा जोलीले मित्र चन्द्रप्रसाद ढकाल तथा उनको समूहले निर्माण गरेको परियोजनाले एउटा इतिहास कायम गरेको भन्दै बधाई तथा परियोजना सफलताको शुभकामना व्यक्त पनि गरे ।