कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आह्वान गरेका छन् । केही गर्ने नयाँ सोच र त्यसलाई पछ्याउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए । पूर्वी नवलपरासीको गैंडाकोटमा नेपाल जेसिसले बिहीबार गरेको युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा अर्बपति चौधरीले युवालाई उद्यशीलतामा जुट्न अभिप्रेरित गरेका हुन् ।

225
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै साना, मझौला तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमाथि बिहीबार भएको सैद्धान्तिक छलफलमा नेकपाका सांसदहरुले साना र घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताएका हुन् ।

182
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

दाङका महिलाले करिब १५ बिगाहा जग्गामा व्यावसायिक लसुन खेती सुरु गरेका छन् । राप्ती अग्र्यानिक महिला कृषक समूह निर्माण गरी उनीहरूले व्यवसायिक लसुन खेती सुरु गरेका हुन् ।

334
कृञ्जला पुलामी
शुक्रवार, फाल्गुन २४, २०७५

सिन्धुलीको कमलामाई नगरपालिका–८ का चित्रनारायण श्रेष्ठको बारीमा थरी–थरीका तरकारी देख्न सकिन्छ । टमाटर, काउली, बन्दा, प्याज, लसुन र धनियाँ उनको बारीमा कहिले टुट्दैन ।

336
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

महालेखापरीक्षकको कार्यालयले बेरुजु फछ्र्योटका लागि पटक–पटक ताकेता गर्दा पनि सार्वजनिक सस्थानले ऐनकानुन मिचरै अटेरी गरेको बताएको छ । महालेखा परीक्षक टंकमणि शर्माले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र प्रतिष्ठानहरुमा ऐनकानुन मिचेर अनियमितता भइरहेको भन्दै संस्थानहरुले गरेको मनपरी नियन्त्रण गर्न सार्वजनिक लेखा समितिलाई सुझावसमेत दिए । संसद्को सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा महालेखा परीक्षक शर्माले संस्थान र प्रतिष्ठानहरुमा ऐनकानुन मिचेर अनियमितता भइरहेकोले सरकारको नियन्त्रण जरुरी रहेको बताए ।

330
किरण आचार्य
शुक्रवार, फाल्गुन २४, २०७५

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ–विजन कम्पनी लिमिटेड एक आपसमा मर्जमा जाने निश्चित भएको छ । मर्जपछिको कम्पनीको नाम कृषि सामग्री कम्पनी लिमिटेड रहने मन्त्रालयले जनाएको छ ।

270
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म कुल विनियोजित बजेटको ५२ प्रतिशत रकम खर्च भएको जनाएको छ । मन्थली नगरपालिकाले बुधबार मन्थलीमा गरेको चौथो नगरसभामा नगर प्रमुख रमेशकुमार बस्नेतले हालसम्म खर्च गरिएको बजेटको विवरण सार्वजनिक गरेका हुन् ।

319
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि राजधानीमा हुने भएको छ । सम्मेलनमा नेपालसहित ११ मुलुकका कृषिविज्ञ, किसान प्रतिनिधि, कृषि सहकारीका प्रतिनिधि, उद्योगी व्यवसायीलगायत करिव ३ सय ५० जना सहभागी हुने राष्ट्रिय किसान आयोगले जनाएको छ ।

267
लक्ष्मी सापकोटा
बिहिवार, फाल्गुन २३, २०७५

पछिल्लो समय तयारी पोसाकको निर्यातमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले निर्यातमा सामान्य वृद्धि भएको हो । चालू आर्थिक वर्षको ६ महिनामा तयारी पोसाकको निर्यातमा ९ प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड रुपैयाँबराबरको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ । ६ महिनामा निर्यातमा सामान्य सुधार देखिए पनि पछिल्लो पाँच वर्षमा तयारी पोसाकको निर्यात स्थिर रहेको तथ्यांकले देखाएको छ ।

388
नीरज पिठाकोटे
बिहिवार, फाल्गुन २३, २०७५

वीरगन्जको अलौं र सिर्सिया गाउँमा एकीकृत भन्सार जाँचचौकी (आईसीपी) निर्माण सुरु भएपछि नेपालको व्यापार सहजीकरणमा नयाँ आयाम सुरुवात हुने निजीक्षेत्रको आशा र अपेक्षा थियो । निर्माण सुरु भएदेखि नै निकै उत्साहित देखिएका निजीक्षेत्रले निर्माणकार्यमा ढिलाइ हुँदा यसलाई छिटो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकार र सरोकारवाला पक्षलाई दबाब दिइरह्यो ।

407
दिलबहादुर केसी
बुधवार, फाल्गुन २२, २०७५

दोलखाको शैलुङ र मेलुङ गाउँपालिकामा परीक्षणका रूपमा स्याउ खेती सुरु भएको छ । शैलुङ तथा मेलुङ गाउँपालिकाले निःशुल्क स्याउका विरुवा उपलब्ध गराएपछि किसानले परीक्षणका रूपमा स्याउ खेती सुरु गरेका हुन् । जुम्लासँग हावापानी मिल्दो स्थानमा स्याउ खेतीको परीक्षण गर्न किसानलाई विरुवा उपलब्ध गराइएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।

357
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा मन्त्री खनालले मुलुक अहिले पनि धेरै कुरामा आत्मनिर्भर भइरहेको र बाँकी कुरामा पनि आत्मनिर्भर हुने गरी सरकारले काम गरिरहेको दाबी गरेका हुन् । उनले दूध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा मुलुक आत्मनिर्भर भइसकेको बताए ।

454
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

सरकारसँग तीन बुँदे सहमति गरेपछि ग्यास उद्योगीले विरोधका कार्यक्रम स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा सचिव केदारबहादुर अधिकारी, निगम कार्यकारी निर्देशक एवम् उद्योगीबीचमा भएको वार्तामा तीन बुँदै सहमति भएपछि उद्योगीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।

344
निरु अर्याल
बुधवार, फाल्गुन २२, २०७५

सरकारले आर्थिक वृद्धिलाई यथावत् राख्दै बजेटमार्फत चालू आर्थिक वर्षका लागि लिएको राजस्व संकलनको लक्ष्य र बजेट खर्चमा संंशोधन गरेको छ । यसअनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यभन्दा २६ अर्ब कम अर्थात् ९ खर्ब १७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन हुनेछ । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने संशोधित अनुमान गरेको छ, जुन रकम विनियोजनको ९१. २ प्रतिशत हुन आउँछ ।

307
भीम गौतम
बुधवार, फाल्गुन २२, २०७५

लगानी बोर्डले नेपाल विदेशी लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आह्वान गरेको छ । आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा तयार पारेको सामग्रीमा लगानीका लागि अवसर नै अवसर भएको उल्लेख गर्दै यसको सदुपयोगका लागि आह्वान गरेको हो ।

612