कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५
578

काठमाडौं- नर्भिक इन्टरनेसनल हस्पिटल स्वास्थ्य व्यवसायमा उत्कृष्टता (बिजिनेस एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार/सम्मान हात पार्न सफल भएको छ । संयुक्त राज्य अमेरिकास्थित टेक्सास सहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फिडरेसन अफ बिजनेस (वल्र्डकब) ले दिविज सम्मान विशेष समारोहबीच नर्भिकलाई शुक्रबार प्रदान गरेको हो । सम्मान अर्पण समारोहका प्रमुख अतिथि उपप्रधान, तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई अर्पण गरे ।
सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले इलाइट सदस्यसमेत प्रदान गरे । उक्त सदस्यता नर्भिकका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरेका थिए । दि वल्र्डकबले दिबिजनामक उक्त सम्मानका खातिर विश्वभरका अर्थात पाँचै महादेशका उत्कृष्ट व्यावसायिक संघ–संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आबद्ध बनाउने, सम्मानित गर्ने आदि गर्छ । दि वल्र्डकबद्वारा दिविज सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सेवा/सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवं व्यावसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको हो ।