गोपाल संग्रौला
आइतवार, आश्विन २८, २०७५

बेबारिसे बालबालिका, एकल, गर्भवती, सुत्केरी, घरेलु तथा लैंगिक हिंसा प्रभावित महिला, जेष्ठ नागरिक, लागूऔषध दुव्र्यसनमा परेका, विविध खालको दुव्र्यवहार र विभेदमा परेका व्यक्ति, द्वन्द्वबाट प्रभावितहरू मानसिक स्वास्थ्य समस्याको बढी जोखिममा रहेको पाइएको छ ।

251
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ । करिब ३ साता पहिले अजयमेरु गाउँपालिकाको वडा ४ नम्बर वडामा पहिलो पटक देखिएको स्क्रब टाइफस रोग वडा नम्बर ५ र १ सहित नवदुर्गा गाउँपालिका र बैतडी जिल्लाको पाटन नगरपालिकामा पनि यो रोग देखा परेको छ ।

545
विप्लव काफ्ले
शुक्रवार, आश्विन २६, २०७५

सरकार यातायातको सिन्डिकेट खारेज गर्न सफल भयो । गत वैशाख ४ गते यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा गरेपश्चात् यातायात समितिका खाता रोक्का छ, तर सडक दुर्घटनामा घाइते भई अस्पतालमा उपचाररत पीडितले भने उपचार खर्च पाउन सकेका छैनन् । यसैले सवारी दुर्घटनाका घाइतेको उपचार खर्च उठाउन अस्पतालहरूलाई निकै सकस परेको छ ।

284
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

323
लक्ष्मी सापकोटा
बिहिवार, आश्विन २५, २०७५

नेपालमा खासगरी विभिन्न चारवटा ब्रान्डका खाने तेलको प्रयोग हुने गर्छ, जसमा सूर्यमुखी, भटमास, तोरीको तेल र पामआयल छन् । मुलुकमा मात्र नभएर विश्वमा नै यी ब्रान्डको तेलको प्रयोग बढी हुने गर्छ । जुन देशमा जुन तेलको उत्पादन हुन्छ त्यही नै बढी खपत हुने गर्छ ।

318
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

चुमनुब्री गाउँपालिकामा नै पहिलो पटक सिर्दीबास स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ । गत भदौ १५ गतेबाट प्रयोगशाला सेवा सुरु भएको हो । नेपाल सरकारबाट आवश्यक उपकरण प्राप्त भएपछि कम्युनिटी एक्सन नेपाल क्यानले कर्मचारी व्यवस्थापन गरी ल्याब सेवा सुरु भएको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।

239
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

महोत्तरीको बर्दिवासमा सञ्चालन गरिएको एकदिने निःशुल्क मृगौला चेकजाँच शिविरमा २८ जनालाई मृगौलामा समस्या देखिएको छ । स्वस्थ मृगौला, स्वस्थ नेपाल’ नाराका साथ सञ्चालन गरिएको शिविरमा २३१ जनाको मृगौला परीक्षण गरिएकोमा २८ जनाको मृगौलामा समस्या भएको र ६ जनामा मधुमेह रोग देखापरेको छ ।

284
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुदा बिरामीहरू समस्यामा परेका छन् । समयमै औषधि खरिद प्रक्रिया सुरु हुन नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए । उनले भने, “स्थानीयस्तरमा पनि औषधि खरिद प्रक्रिया लामो छ । केन्द्र र जिल्लाबाट औषधि आउनै छाड्यो ।” स्वास्थ्य संस्थाबाट प्रदान गर्ने भनिएका औषधि प्रायः अभाव भइरहने उनले बताए ।

245
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

बागलुङ नगरपालीकाका १० स्वास्थ्य चैकीमा औषधी अभाव भएको छ । औषधि खरिदका लागी समयमै टेन्डर आह्वान गर्न नसक्दा औषधिको अभाव भएको हो ।

193
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

बाँकेको खजुरा गाउँपालिका–७ स्थित खजुरा बजारमा अत्याधुनिक प्रविधि सहितको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । करिब ४० करोडको लागतमा अस्पताल सञ्चालनमा आएपछि प्रदेश नम्बर ५, ६ र कर्णाली प्रदेशका जिल्लाका बिरामीहरुलाई राहत भएको छ । अस्पतालमा यतिबेला बिरामीको चाप बढेको छ । पश्चिम क्षेत्रका जिल्लाहरुको एकमात्र क्यान्सर अस्पताल भएका कारण उपचारका लागि आउने बिरामीहरुको चाप बढेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अस्पताल व्यवस्थापन अधिकृत बेदप्रकाश जोशीले बताए ।

385
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

275
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

लामो समयको विवादपछि उपक्षेत्रीय अस्पताल विधिवत् रुपमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको छ । राप्ती उपक्षेत्रीय अस्पताले औपचारिक कार्यक्रमम गरेर अस्पताललाई प्रतिष्ठानमा बुझाएको हो ।

340
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २५ शैय्याको अस्पताल सञ्चालनमा आएको छ । आठबिसकोट नगरपालिकाको २५ शैय्याको अस्पताल पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

235
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेसन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेसनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठूलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड छन् भने ३० स्पेशल युनिट सेन्टरहरू सञ्चालनमा छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेसल सेन्टर सञ्चालनमा छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भित सोईमा छ ।

370
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् । विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

746