कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
758

रुकुम- भौगोलिक हिसाबले निकै मानिने रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको स्यालाखदीमा पहिलो पटक इन्टरनेट जडान भएको छ । नगरपालिकाको वडा न १ को कार्यालय, डिग्रे शाइकुमारी आधारभूत विद्यालय रोकजा खेत र हिमाल माध्यमिक विद्यालय खदीमा इन्टरनेट जडान भएको हो । आठबिसकोट नगरपालिकाको आर्थिक सहयोग तथा एभरेस्ट वाइरलेस नेटवर्कको प्राधिक सहयोगमा इन्टरनेट जडा गरिएको हो ।
सरस्वती आधारभूत विद्यालय आठविकोट नगरपालिका–२ स्याला र आबिसकोट नगरपालिका–२ वडा कार्यालयमा पनि केही दिनमै इन्टरनेट जडान गरिने बताइएको छ । दुर्गम गाउँमा पहिलो पटक इन्टरनेट जडान भए पनि स्थानीयहरु तथा सरोकारवाला व्यक्तिहरु खुसी भएको नगरपालिकाको कृषि शाखामा कार्यरत नायव पशु सेवा प्राविधिक कमल केसीले जानकारी दिए । साविकको स्यालाखदी गाविस हाल आठबिसकोट नगरपालिकाको ३ वटा वडा बनेका छन् ।