it
कारोबार संवाददाता
बुधवार, कार्तिक १, २०७४
13

किरण आचार्य/धर्मेन्द्र कर्ण  

काठमाडौं - केही समय कमै सुनिने गरेको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधि अब विश्व समुदायमा परिचित प्रविधि बन्दै गएको छ । र्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग स्मार्ट ग्याजेटहरूमा हुन थालेपछि यसको चर्चा अलिक बढी हुन थालेको हो ।

एआई प्रविधिमा आधारित स्मार्टफोनमा जडित स्मार्ट असिस्टेन्टको सहायताले स्मार्टफोनबाट हुने सबैजसो कामलाई कन्ट्रोल गर्ने प्रविधिको प्रयोग गुगल, एप्पल, माइक्रोसफ्ट, अमेजन र पछिल्लो समयमा सामसङले पनि गर्न थालेको छ ।

टेक कम्पनीहरूले आफ्नो स्मार्ट असिस्टेन्टलाई थप स्मार्ट बनाउन लागि परेका छन् । आफ्नो मोबाइल फोनको स्मार्टफोनमा एआईको प्रयोग गर्ने एप्पललले आफ्नो सिरी एआई सुविधालाई बर्सेनि थप गुणस्तरिय बनाउँदै गएको छ । खासगरी गुगलले आफ्नो स्मार्टफोन पिक्सेलमार्फत ‘गुगल असिस्टेन्ट’ सुविधा दिन थालेपछि पछिल्लो वर्षमा एआईको प्रयोगबाट थप चर्चा भएको हो ।

हाल गुगलले एन्ड्रोइड एप्लिकेसनको ६.० भर्सन भन्दा माथिको भर्सनमा सबै फोनहरूलाई यो सुविधा खुला गरिसकेको छ । उता कोर्टनाको गुणस्तर सुधार्न माइक्रोसफ्ट लागिपरेको छ । अमेजनको एलेक्सा पनि यो दौरानमा प्रतिस्पर्धामा छ । यतिबेला यी असिस्टेन्टहरूले दिने सही उत्तरको बारेमा बहस हुने गरेको छ ।

पछिल्लो अध्ययन अनुसार गुगलको गुगल होम (गुगल असिस्टेन्ट) ले सबैभन्दा बढी ६८.१ प्रतिशत उत्तर सही दिने गरिएको पाइएको छ । दोस्रोमा माइक्रोसफ्टको कोर्टनाले ५६.५ प्रतिशत, एप्पलको सिरीले २१.७ प्रतिशत र अमेजन एलेक्साले २.७ प्रतिशत सही उत्तर दिएको अध्ययनले देखाउँछ ।

प्रविधि जगतका बिग कम्पनीका रूपमा परिचित यी कम्पनीहरूले एआई प्रविधिको ग्याजेटमा प्रयोगलाई थप विश्वसनीय बनाउन लागिपरेका छन् । एआईका ग्याजेट बाहेकका क्षेत्रमा पनि त्यतिकै लगानी देखिन्छ । हालसम्म कुन कुन क्षेत्रमा कसले एआईमा कस्ता परियोजना ल्याइरहेका छन् त रु यहाँ यही प्रश्नको उत्तर खोज्न कोसिस गरिएको छ ।

अमेरिकी सेनाको एआई परियोजना
एआर्ईको प्रयोगलाई विश्वका विकसित देशहरूले सैन्य तथा सुरक्षा क्षेत्रमा उपयोग गर्न खोजिरहेका छन् । अमेरिकी सेनाले एआर्ईको प्रयोग गरी एआर्ई हत्यारा रोबोट बनाउन खोजिरहेको छ । अमेरिकी सेनाले नयाँ पुस्ताको माइक्रोचिप बनाउन ९० करोड अमेरिकी डलर बराबरको रकम लगानी गरिरहेको छ । यो चिपले एआर्ईलाई हत्यारा रोबोट बनाउन शक्तिकृत गरिरहनेछ ।

हत्यारा रोबोट भविष्यमा आवश्यक पर्ने शक्तिशाली चिप साबित हुने दाबी गरिएको छ । यो चिपले विशाल परिमाणको तथ्यांक (डेटा) लाई प्रशोधन गर्ने क्षमता राख्नेछ । यो प्रक्रियालाई मूर्त रूप दिन उन्नत वस्तु र प्रविधिका लागि यो परियोजनामा अमेरिकी सेनाले ९० करोड अमेरिकी डलर बराबरको रकम लगानी गर्ने घोषणा गरेको छ ।

अमेरिकी सेनाले यो प्रयासबाट अगामी ५० वर्षमा हुने सुक्ष्म प्रशोधन क्षमतालाई ९माइक्रोचिप प्रोसेसिङ पावर० पूरा गर्न सक्ने क्षमता प्राप्त हुने अपेक्षा गरेको छ । यसले मेसिनदेखि कार, विमान र अन्य स्वचालित प्रविधिलाई ध्वंस गर्न सक्ने खालका उन्नत एआर्ई प्रणालीको विकास गर्न सहयोग पु¥याउने अमेरिकी सेनाको बुझाइ छ ।

अमेरिकाको सैन्यसम्बन्धी अध्ययन नियोग द डिफेन्स एडभान्स रिसर्च प्रोजेक्टस एजेन्सी (डीएआरपीए) को इलेक्ट्रोनिक्स रिसर्जेन्स इन्सिएटिभले आगामी चार वर्षभित्र नयाँ ६ वटा प्रोग्रामको सिर्जना गर्नेछ । माइक्रोचिप प्रोसेसिङ पावरलाई अभिवृद्धि गर्ने सिद्धान्तबाट पूर्वानुमान गरिएका विषयवस्तुलाई मूर्तरूप दिने उद्देश्य यी परियोजनाको रहेको छ ।

यसले चिपको विकासलाई कार्यान्वयन गर्न निरन्तर दिनेछ । यसअन्तर्गत वस्तुहरू र तिनको एकीकरण, परिपथ डिजाइन र प्रणालीको नक्शांकन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

यो परियोजना अन्तर्गत बर्सेनि ७ करोड ५० लाख अमेरिकी डलर खर्च हुनेछ । यस अन्तर्गत यी विषयहरूको अनुसन्धान र विकासलाई ध्यान दिइने जनाइएको छ । एजेन्सीज माइक्रोसिस्टम्स टेक्नोलोजी अफिसका निर्देशक बिल च्यापलले भने, “मूरका सिद्धान्तले इलेक्ट्रोनिक्स उद्योगलाई ५० वर्ष भन्दा बढी समयसम्मका लागि निर्देशित गरेको छ ।”

मूरको सिद्धान्तले महानतम व्यापारिक लाभ र प्रतिरक्षाको सक्षमताका लागि हुने महानतम लाभहरूका बारेमा प्रविधि समुदायद्वारा उठाइएका सवालहरूलाई एकीकृत गरेको छ । अहिलेको बाटो भनेको व्यापारिक र प्रतिरक्षा विकासहरूलाई सुनिश्चित गर्नु रहेको उनले बताए । गोर्डन मूर माइक्रोइलेक्ट्रोनिक्स क्रान्तिका महान व्यक्ति मध्ये एक हुन् र फेयरचाइल्ड सेमिकन्डक्टर र इन्टेलका संस्थापक हुन् ।

एआई प्रविधिलाई उत्तरी छिमेकी चीनले निकै प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समयअघि चीनले एआईमा ठूलो लगानी गरेको खबर आएपछि अमेरिकाले सुरक्षा चुनौति बढेको भन्दै घुमाउरो पारामा विरोध समेत गरेको थियो ।

चीनले प्रविधिलाई ठूला ठूला कारखानामा काम गर्ने रोबोटदेखि पानी जहाजसम्ममा यो प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको पाइन्छ । चीनले चन्द्रमासम्बन्धी परियोजना र यसक्षेत्रको अनुसन्धानमा एआर्ईको विस्तारका लागि लगानी लगाउन नयाँ बहुअर्बको परियोजनाका लागि तयार रहेको जनाएको सरकारी योजनासँग सम्बद्ध रहेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

एआर्ईको क्षेत्रमा चीनका सरकारीसँगै निजी कम्पनीहरूले पनि तिब्र लगानी गरिरहेका छन् । चीनको सर्च इन्जिन बैदुले स्वर पहिचान गर्न सक्ने एआईको सफल प्रयोग गरिसकेको छ । इन्टरनेट वा ग्याजेटको क्षेत्रमा मात्र नभई चीनले सुरक्षा सतर्कताका लागि पनि एआईको प्रयोग गरिरहेको जनाएको छ । चीनले आफ्ना धेरै प्रान्त र सहरहरूमा रोबोटको विकास गरिरहेको छ, जसमा एआई प्रविधि जडान गरिएको छ ।

राष्ट्रिय स्तरमा चीनले आतंकवादी हमला वा मजदुर आन्दोलन जस्ता विषयको पूर्वानुमान गर्न एक प्रणालीको विकास गरिरहेको स्पष्टोक्ति दिँदै आएको छ । चीनको राष्ट्रिय प्रकृति विज्ञान प्रतिष्ठानले गरेको लगानीबाट अनुहार पत्ता लगाउने सफ्टवेयर तयार पारिएको पनि यस अघिका समाचारमा आइसकेका छन् ।

चीनको सरकारले यसक्षेत्रमा कति रकम खर्च गरिरहेको छ त्यसबारे ठोस खुलासा नगरे पनि यसले अर्बौं अमेरिकी डलरको लगानी गरिरहेको अनुमान गरिएको छ । यसको अर्थ हो चीनले पनि अमेरिकासँगै एआईमा आफूलाई अब्बल बनाउने दौडमा छ ।

फेसबुकको छुट्टै कदम
अमेरिकी सेनाले मात्रै होइन, एआईका परियोजनालाई विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले पनि प्रमुखताका साथ अगाडि बढाइरहेको छ । फेसबुकले आफ्नो एआर्ई परियोजनाका विज्ञहरूलाई नेतृत्व गर्न एक विज्ञलाई अनुसन्धानका लागि अनुबन्ध गरेको छ ।

फेसबुकको मोन्ट्रेलिय ल्याबलाई द्रुतगतिमा बढाउन र अनुसन्धान गर्न ७० लाख अमेरिकी डलरको लगानी गर्ने जनाएको छ । एआर्ई क्षेत्रका विज्ञ जोलि पिनाउलाई उनले फेसबुकको अनुसन्धानका लागि अनुबन्ध गरेको छ ।

हालै एक कार्यक्रमबीच फेसबुकले सिलिकन भ्यालीसोसल मिडिया कम्पनीको मोन्ट्रेलिय ल्याबका लागि उनलाई नियुक्त गरिएको जनायो । एआर्ई क्षेत्रका समस्या समाधान गर्न तथ्यांकका लघुकणहरूको प्रयोगलाई बढी सुनिश्चित गर्न उपयोग गर्ने प्रयास गरिएको छ ।

फेसबुकको यो परियोजनाले स्वास्थ्य तथा वित्तीय सेवाका कार्यहरू सहज ढंगले विशाल कार्य गर्न ध्यान दिन दिनेछ । यसबाट कर्पोरेट र व्यवसायी क्षेत्रको ध्यान तान्न फेसबुकले चाहना राखेको छ । फेसबुकको यो ल्याब चौथो हुनेछ ।

राजनीतिमा एआर्ईको प्रयोग
एआर्ईको उपयोग राजनीतिक क्षेत्रमा पनि हुने देखिएको छ । व्यक्तिलाई कसरी मतदान गर्ने हो, त्यसको जानकारी एआर्ई रोबोटले दिनेछ । कसलाई मतदान गर्ने त्यसको दुविधा हटाउन हातमा रहेको रोबोटले सघाउने छ । वैज्ञानिकहरूले एआर्ईमा आधारित रोबोट निगेलको सिर्जना गरेका छन् । यो निगेलले मतदातालाई मतदान गर्न सघाउनेछ ।

यो रोबोटले व्यक्तिको राजनीतिक निर्णयलाई निर्णायक बनाउन मद्दत गर्नेछ । निगेल छिट्टै यो सेवा उपलब्ध गराउने दाबी गरिएको छ । विश्वको पहिलो मानव जस्तो कृत्रिम बौद्धिकता प्रविधिको रूपमा व्याख्या गरिएको किमेरा सिस्टमका अनुसन्धानकर्ताहरूले निगेलको निर्माण गरेका हुन् ।

किमेरा सिस्टमका संस्थापक मुनिर शिटाले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका छन्, “हामीले तपाईं निगेललाई विश्वास गर्नुस् भने चाहन्छौं । हामी निगेलले तपाईं को हो र तपाईंको दैनिक जीवनमा कस्तो सेवा दिनुपर्छ भन्ने जान्न सकोस् भन्ने चाहन्छौं ।” निगेलबारे जानकारी दिँदै उनले भने, “यसले तपाईका उद्देश्यहरूलाई पता लगाउँछ र तपाईलाई भविष्यमा यसले तपाईको लक्ष्यसम्म पु¥याउन सहयोग गर्छ । यसले तपार्इंलाई निरन्तर सही दिशामा डो¥याउनेछ ।” निगेलले व्यक्तिको व्यक्तिगत आवश्यकताबारे जानकार हुन्छ र यसले व्यक्तिका गतिविधिहरूलाई बुझ्छ । भविष्यमा निगेलले बिना कुनै सुपरिवेक्षण र प्रोग्रामिङ आफ्नो काम गर्छ ।

गुगल कारमा एआई प्रविधि
एआर्ईको प्रयोगबाट स्वचालित कारहरूको निर्माण पनि भइरहेको छ । गुगलले पनि यसको प्रयोग गरिरहेको छ । तर गुगलले चालकविहीन कारको विकासका लागि १.१ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च गरिसकेको खुलासा हालै मात्र गरिएको छ । यससम्बन्धी एक दस्तावेज अनुसार गुगलले कम्तीमा १.१ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो विषय अहिलेसम्म गोप्य राखिएको थियो । गुगलले उबेरसँग पुनः सम्झौता गर्ने विषयमा भएको विवादबाट यो सार्वजनिक हुन पुगेको हो । यस क्षेत्रको कम्पनी वेमोको वित्तीय सल्लाहकार शावन बनाजादेहसँग भएको विवादबाट यो सार्वजनिक भएको हो । वमोको अतिविश्वसनीय व्यापारिक सूचनाका आधारमा गुगलले १.१ अर्ब अमेरिकी डलरको खर्च गरेको देखिन पुगेको हो । टेक कम्पनी उबेरका एक वकिलले सोधेका छन्, “ट्रेड सेक्रेट का लागि १.१ अर्ब अमेरिकी डलर बराबरको लगत आंकलन गरिएको थियो र सो आंकलन ट्रेड सेक्रेट २ र ट्रेड सेक्रेट २५का लागि पनि थियो त ? ” जवाफ दिँदै बानाजेदहले भने, “मेरो बुझाइमा त्यो लागत समग्र प्रोग्रामका लागि थियो ।” १.१ अर्ब अमेरिकी डलर आफैमा ठूलो लगानी हो ।

गुगलले यो परियोजनामा पुनः सम्झौता गर्न अस्वीकार गरेपछि यस्तो विवाद उत्पन्न भएको जनाइएको छ ।यी प्रसंगहरूले एआईको क्षेत्रमा विश्वमा ठूला लगानी लगाइएको छ र लगाइँदै पनि छ । एकातिर यसको दुरुपयोग मानव समाजको लागि घातक हुने आलोचना पनि नभएको हैन । तर, यसको सदुपयोग मानवको विकासको गतिलाई फड्को मार्न पनि सक्छ । यो प्रविधिप्रति सञ्चारमाध्यमहरूको निरन्तर चासो भने विश्वभर नै बढ्दो छ । जसले यस क्षेत्रको ताजा अवस्थाबारे जानकारी आइरहेका छन् ।

-एजेन्सीको सहयोगमा