कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
522

सामसङ प्लाजाले ग्राहकहरूका लागि सुनौलो योजना ल्याएको छ । सामसङ प्लाजाले सामसङ एलईडी टिभीएक्सचेन्ज अफर ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डका पुराना सीआरटी टिभीलाई नयाँ सामसङ एलईडी टिभीसँग साट्न सकिने कम्पनीले जनाएको छ । यो योजना पुस २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइनेछ ।
उक्त योजना बाराही सिनेमा हलनजिक रहेको भक्तपुर सामसङ प्लाजामा र नयाँबजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकहरूले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नेछन् । यस्तो सुनौलो मौका फेरि–फेरि आउँदैन त्यसैले ढिला नगरिकनै योजनाको लाभ उठाउन कम्पनीले अनुरोध गरेको छ ।