कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४
625

कालिकोटकाका तिन नगरपालिका र ६ वटा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन । जिल्लाको खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका इन्टरनेट सेवा भए पनि तिलागुफा नगरपालिका, महावै, पचालझरना, नरहरीनाथ र पलाता गाउँपालिकामा इन्टरनेट सेवा छैन ।
नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा दैनिक कामकाज अन्य सेवामा समस्या भएको छ । खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका वर्ड लिंकले इन्टरनेट सेवा दिएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । “केही गाउँपालिका तथा नगरपालिकाले वर्डलिंकको इन्टरनेट सेवा लिएका छन्,” उनले भने, “सबै ठाउँमा इन्टरनेट सेवा छैन् ।”

सबै स्थानीय तहमा इन्टरनेट पुराउनका लागि पहल भइरहेको इन्टरनेट सेवा नहुँदा दैनिक कामकाजमा समस्या भएको तिलागुफा नगरपालिकाका उपप्रमुख दर्शना नेपालीले बताइन् । “सबै नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा समस्या भएको छ ।’ उनले भनिन्, “अहिलेको जमाना इन्टरनेट सेवा नहुनु भनेको कति पछाडि परेको छ ।”
नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोबार लगायतका काम गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । “सबै स्थानीय तहमा इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोबार लगाएतका काम गर्न समस्या भएको छ,” उनले भने, “सबै काम गर्न सदरमुकाम नै आउनु पर्ने बाध्यता रहेको छ ।”
सबै नगर तथा गाउँपालिकामा मोबाइल सेवा पनि छैन । जिल्लाका सबै गाउँपालिका र नगरपालिका मोबाइल फोनको टावर नहुँदा फोनसम्पर्क गर्न पनि समस्या हुने गरेको छ । जिल्लाका पलाता गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका आधा भू–भाग र तिलागुफा नगरपालिकामा मोवाइलको टावर नहुँदा त्यहाँका बासिन्दा फोन सेवा बञ्चित भएका छन् ।
नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिकाका फोन सेवा सुबिधा भए पनि बिहान १० बजे खुल्ने र बेलुका ४ बजे नै मोबाइलका बन्द हुने गरेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । “मोबाइल सेवा पनि राम्रो छैन ।” उनले भने, “फोन सेवा भए पनि सरकारी कर्मचारी छ । कार्यालय समयमा मात्रै फोन सेवा चल्छ ।”
मोबाइलको राम्रो नेटवर्क नहुँदा समस्या भएको त्यसका जिल्लाका धेरै ठाउँमा मोवाइलको टावर बनाउन माग गरिएको तिलागुफा नगरपालिका उपप्रमुख दर्शना नेपाली बताइन् । “मोबाइल सेवा नहुँदा समस्या भएको छ ।” उनले भनिन्, “हामीले नेपाल टेलिकमलाई मोवाइल टावर बनाउन आग्रह गरेका छौं ।”
फोन गर्न दुई दिन पैतल हिँड्नु पर्ने गाउँभन्दा बाहिर रहेको आफन्तसँग फोन सम्पर्क गर्नका लागि गर्नका पलाता गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका आधा भू–भाग र तिलागुफा नगरपालिकाका बासिन्दाले दुई दिनको पैतल दूरी हिँडेर मान्मसम्म आउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । “नजिकमा कुनै पनि फोनका टावर छैनन्,” उनले भने, “फोन सम्पर्क गर्नकै लागि पनि सदरमुकाम आउनुपर्ने बाध्यता छ ।”

-रमेश रावल