एजेन्सी
बिहिवार, आश्विन २५, २०७५
854

सिड्नी-मानिसको विभिन्न किसिमको शोख हुने गर्छ । गिफ्ट, चकलेट तथा पुराना सामग्रीको संकलन त हामीले सुन्दै आएका छौ । तर सिड्नीकी २७ वर्षकी एली हेटफुलको भिन्न खालको शोख वा लत बसेको छ । उनलाई अन्डरवेयर संकलन गर्ने शोख बसेको छ । तर यस किसिमको शोखले उनलाई धेरै समस्या समेत पर्ने गरेको छ । आफ्नो महँगो तथा विचित्र अन्डरवेयरका कारण उनलाई काम गर्ने ठाउँमा धेरै समस्या पर्ने गरेको उनी बताउछिन् । यद्यपि यही कलेक्सनका कारण उनी सोशल मिडियामा लोकप्रिय पनि भएकि छन् ।
एली प्रत्येक वर्ष लगभग ३ लाख २० हजार रुपैयाँको अन्डरवेयर कलेक्सनमा खर्च गर्छिन् । आफुसँग १५० भन्दा बढी सेट भएको र बाल्यकालदेदिनै उनलाई महिलाको अन्डरवेयरले धेरै आकर्षित गरेको उनी बताउछिन् । अन्डरवेयर कलेक्सनको यो शोख आफ्नो जागिरका कारण धेरै माथि पुगेको उनी बताउछिन् । किनकी उनको जागिरमा युनिफर्म फिक्स हुने गरेको छ ।
एलीले भनेकि छन्,“जागिरमा युनिफर्म फिक्स भएकाले मलाई धेरै फेसनसँग केही फरक गर्ने छुट छैन । सधै एकनासको पोशाक लगाउनाले वाहा मेरा लागि फरक किसिमको फेसन गर्न सम्भव छैन । मैले फेरी आफ्नै अन्डरवेयरको स्टाइल स्टेटमेन्ट बनाउने विषयमा सोचेकी छु ।” धेरै मानिसले मेरो फेसनलाई बुझ्दैनन् । तर मलाई यसले कुनै फरक पर्दैन ।