कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

विराटनगरमा समावेशी खाना महोत्सव हुने भएको छ । विराट फुड फेस्टा नामबाट तीनदिने महोत्सव आयोजना गर्न लागिएको हो ।

271
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

अपाङ्गताभएकाहरुको जिवनको भोगाईलाई समेटेर नवगायिकागंगा छन्त्यालको को सांगितिककोसेलीजिउनखोज्यो जिउनै गाह्रो बजारमाआएको छ ।

233
सागर परियार
बिहिवार, माघ ३, २०७५

बाह्रौं शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे भैलो संस्कृति हराउँदै गएको छ । बूढापाकाले यसको संरक्षणमा चासो दिए पनि अहिलेको पुस्ताले खासै महत्व दिएको पाइँदैन । पुसको पूर्णिमादेखि पाँच दिनसम्म हिउँदै भैलो खेल्ने चलन छ ।

302
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ ।

352
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

पहिला र अहिलेको पनौती । भृकृटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड पुग्दा तस्बिरमा पुरातात्विक, पर्यटकीय एवं ऐतिहासिक नगरीलाई देख्न सकिन्छ । युवा फोटो पत्रकार प्रशान्त श्रेष्ठले संकलन गरेका र खिचेका तस्बिरबाट पनौतीबारे सहजै जान्न सकिन्छ ।

454
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

नेपालकै सबैभन्दा ठूलो मल्टि–ब्रान्ड म्युजिकल इन्स्ट्रयुमेन्ट तथा प्रोफेसनल अडियो सिस्टम सोरुम एमएडब्लू म्युजिक प्रालिले विश्वमै चर्चित दुई नयाँ म्युजिकल ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ ।

420
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

मिस नेपाल श्रृंखला खतिवडा नेपाल र फ्रान्सको संयुक्त सद्भावना राजदूत नियुक्त भएकी छन् । खतिवडालाई बुधबार नेपाल–फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा सद्भावना राजदूत नियुक्त गरिएको हो ।

417
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

प्लाष्टिकजन्य सामग्रीको बढ्दो प्रयोगका कारण बाँसजन्य पदार्थबाट उत्पादित सामग्री लोप हुन थालेका छन् । यसैको पछिल्लो सिकार बनेको छ, बाँसको काँइयो । जिल्लाका ढुस्के, डाँडागाउँ, डाँडाखर्कलगायतका ठाउँमा आजभोलि बाँसको काँइयो बनाउन छाडिएको छ ।

464
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

गृष्मा ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा 'सप्तरङ्ग' एक पृथक सांगितिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।

337
कारोबार संवाददाता
बिहिवार, पुष १९, २०७५

गुरु मञ्जरी गु्रपले विवाहका लागि जोडी खोज्ने वेब पोर्टल सुरु गरेको छ । उक्त ग्रुपले ‘माइस्वयम्बर डटकम’मार्फत् सेवा सुरु गरेको हो । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले मंगलबार पोर्टलको उद्घाटन गरिन् । सो अवसरमा उनले सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने खुलासा पनि गरिन् ।

494
मेगराज खड्का
बिहिवार, पुष १९, २०७५

धेरै मान्छेहरुको सोचाइ हुन्छ– सरकारी जागिर खाने र रिटायर्ड जीवन परिवारसँग आनन्दले बिताउने । तर, केही यस्ता व्यक्ति पनि हुन्छन्, जसले रिटायर्ड जीवन पनि आनन्द तरिकाले बसेर होइन कि यसअघिकै जस्तै काममा पनि लाग्ने गरेका छन् । त्यस्तै उदाहरण बनेका छन्, रुकुम पश्चिमका एक शिक्षक । रुकुम पश्चिम मुसिकोट नगरपालिका ३ माछिमीका गोपालसिंह केसी रिटायर्ड शिक्षक हुन् । तर, उनी अहिले पनि शिक्षण पेशामा विगतजस्तै क्रियाशील छन् । यति फरक हो– उनी पहिले सरकारी स्कुलमा पढाउने गरेका थिए अहिले निजीमा ।

386
कारोबार संवाददाता
बिहिवार, पुष १९, २०७५

अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवो पर्व धुमधामले मनाइन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व यो क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ ।

453
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

लमजुङमा पर्यटक भित्र्याउने माध्यम बनेको घरवास कार्यक्रम (होमस्टे) व्यवस्थापन पछिल्लो समय चुनौती बन्दै गएको छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण लमजुङ हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेपनि जनशक्ति, सीप र क्षमता नहुँदा व्यवस्थापनमा चुनौती देखिएको हो ।

484
कारोबार संवाददाता
सोमवार, पुष १६, २०७५

लुम्बिनीमा सोमबार सडक खाना महोत्सव रुपन्देही, १५ पुस (कास) बुद्धजन्मस्थल लुम्बिनीमा ‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔ, लुम्बिनीमा रमाआंैै’ नारा सहित आज (सोमबार) लुम्बिनी सडक खाना महोत्सव (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुँदैछ । अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा वर्ष २०१८ को अन्तिम दिन ३१ डिसेम्बर (आज सोमबार) सडक खाना महोत्सव हुन लागेको हो । भैरहवा, बेलहिया, लुम्बिनी तथा रुपन्देहीका अन्य क्षेत्रमा रहेका पर्यटकीय होटल तथा रेस्टुराँ व्यवसायीहरूको सस्था सिद्धार्थ होटल एसोसिएसन (सान) नेपाल, लुम्बिनी च्याप्टरको आयोजनामा हुने सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सानका उपाध्यक्ष तथा सडक खाना महोत्सवका संयोजक मिथुन मान श्रेष्ठले बताए । लुम्बिनीको पर्यटन प्रबद्र्धनार्थ आयोजना हुन लागेको यो सडक खाना महोत्सव पहिलो दुई वर्ष नेपाली नयाँ वर्षको अबसरमा र त्यसपछि अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुदै आइरहेको छ । खाना महोत्सवमा ७० भन्दा बढी वटा स्टल रहने र त्यस्मा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतिय,चाइनिज, थाई, कम्बोडियन, कोरियन, श्रीलंकन, युरोपियन देशका खानाका परिकारहरूका बिभिन्न स्टल रहने संयोजक श्रेष्ठले बताए । पछिल्लो समय लुम्बिनीमा हुने कुनै पनि कार्यक्रमहरूमा सबैको चासोसँगै सहभागिता पनि बढ्दै गएको छ । विगतमा भएका सडक खाना महोत्सवमा उल्लेखिय रूपमा सहभागिता हुँदै आएकोमा यस पटक पनि खानाका पारखीहरूको उपस्थिति रहने आयोजक सस्थाका सदस्य गोबिन्द ज्ञवालीले बताए । सडक खाना महोत्सवमा सहभागिताका लागि लुम्बिनी क्षेत्रका स्थानीय, भैरहवा, बुटवलसँगै रुपन्देहीका अन्य ग्रामीण क्षेत्र, कपिलवस्तु, सीमावर्ती भारतीय बजार तथा लुम्बिनी भ्रमणमा आउने बिदेशी पर्यटकहरूको समेत सहभागिता रहने आयोजकले बताएका छन् । सडक खाना महोत्सवमा सहभागी हुन आउनेहरूका लागि लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरूले आवासमा २५ र बिभिन्न खानामा १५ प्रतिशत छुटको व्यवस्था उपलब्ध हुने आयोजकले जनाएका छन् । लुम्बिनीमा हुने सडक खाना महोत्सवलाई पश्चिम नेपालकै विशिष्ट पर्वको रुपमा आयोजना हुने खानाका स्टल मात्र नभई स्थानीय घरेलु सामग्री, ह्यान्डीक्राप्mटस धातु तथा पत्थरका मूर्ति, माला, लोकल गार्मेन्टसका स्टलसमेत रहने हुँदा सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजकको भनाइ छ ।

381
कारोबार संवाददाता
आइतवार, पुष १५, २०७५

औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उहा“को सचित्र आत्मकथा समेटिएको द रेनाशा म्यान नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिका रूपमा चित्रण गरिएको छ ।

495