कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
377

नेपालकै सबैभन्दा ठूलो मल्टि–ब्रान्ड म्युजिकल इन्स्ट्रयुमेन्ट तथा प्रोफेसनल अडियो सिस्टम सोरुम एमएडब्लू म्युजिक प्रालिले विश्वमै चर्चित दुई नयाँ म्युजिकल ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ । नेपाली संगीतप्रेमीहरुले अब मिनल ब्रान्डका पक्र्युसन र सिम्बल र ओर्टेगा गितारको संगीतको अनुभव गर्न पाउने भएका छन् ।
यी ब्रान्डका म्युजिकल इन्स्ट्रयुमेन्टहरु नक्साल काठमाडौंस्थित एमएडब्लू म्युजिक स्टोर– बास एन्ड ट्रेबलमा मात्र उपलब्ध हुनेछन् । “नेपाली संगीतप्रेमीका लागि नयाँ ब्रान्डहरु भित्र्याउन पाउँदा हामी गर्वको महसुस गरिरहेका छौं,” एमएडब्लू म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठियाले भनिन्, “हामीले हाम्रा ग्राहकको माग र गुणस्तरीय संगीतको चाहना पूरा गर्ने अवसरलाई सदुपयोग गर्ने यी नयाँ ब्रान्ड ल्याउने निर्णय लिएका हौं ।”

रोल्यान्ड मिनल म्युजिक इन्स्ट्रयुमेन्टको स्थापना सन् १९५१ मा भएको थियो । आज यो ब्रान्ड संसारकै अग्रणी म्युजिकल ब्रान्ड हो, जसले जर्मनी र टर्कीबाट सिम्बलको उत्पादन गर्छ । संसारका धेरै चर्चित ड्रमर र बान्डहरुले मिनलकै सिम्बल मात्र प्रयोग गर्छन् । पक्र्युसन सेग्मेन्टमा मिनलले सबै प्रकारका संगीतकर्मीलाई मिल्ने उच्च गुणस्तरको पक्र्युसन इन्स्ट्रयुमेन्ट उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, ओर्गेगा गितारको स्थापना सन् १९९४ मा रिनल्ड मिनलले गरेका थिए । सुरुमा गितार क्लासिकल स्पेनिस स्टाइलमा बनाइन्थे । तर ओर्टेगाले पारम्परिक गितारलाई नयाँ उचाइमा पु-याएको हो । “ओर्टेगा गितारमा पारम्परिक हस्तकला र नाइलनका स्ट्रिङ प्रयोग हुन्छन् तर यी गितार आधुनिक बनिसकेका छन्,” कार्यकारी निर्देशक सेठियाले भनिन्, “आधुनिक पद्धतिबाट बनेका पारम्परिक गितारहरु उच्च कोटीका छन् ।”
एमएडब्लू म्युजिक स्टोर– बास एन्ड ट्रेबलमा ‘यामाहा’ ब्रान्डका सबैखाले म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेशनल अडियो सिस्टम, अडियो भिजुअल उपकरणका साथै डी’अडारियो’ जस्तो विश्वकै लोकप्रिय म्युजिकल स्ट्रिङ र एसोसरिजहरु पनि उपलब्ध छन् । त्यसैगरी चर्चित माइक्रोफोन, गुणस्तरीय वायरलेस सिस्टम र कन्फिरेन्स सिस्टमको उत्पादक ‘शुयर’ ब्रान्डका उपकरणहरु पनि पाइन्छन् । यसबाहेक कोनिग एन्ड मेयेर, हर्कुलस, लानिकाइ र न्युट्रिक जस्ता अडियो उपकरणका ब्रान्डहरु एमएडब्लू म्युजिक स्टोरमा पाइन्छन् ।