कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५
208

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल अलगार्व क्षेत्रीय समन्वय समितिको अध्यक्षमा अनिल शर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
निर्वाचनमा अध्यक्ष शर्माले ३१३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्वी निरन्जन सेढार्इंले २८८ मत प्राप्त गरे । त्यस्तै तीन जनाको उपाध्यक्ष पदका लागि अल्बुफेराका राम चन्द्र श्रेष्ठ (निमेस), राजेश श्रेष्ठ र देवेन्द्र पुुन मगर निर्विरोध चयन भएका छन् । त्यसैगरी दुई जना सचिव पदको निर्वाचनमा कमल थापाले सर्वाधिक ४२६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सन्दीप अर्याल ४०४ मतका साथ विजयी भए भने अष्टमान द्वारे २०८ मतमै सीमित भए । साथै महासचिव र कोषाध्यक्ष पदका लागि क्रमशः केशव प्रसाद न्यौपाने र संजिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा नविन खनाल, मनिष राज थापा, रेख राज गुरुङ्ग, कृष्ण प्रसाद अधिकारी, हेमकला गुरुङ्ग, विनोद बुढाथोकी र घनश्याम तिमिल्सीना निर्विरोध चयन भएको नेपाल ब्रिटेन अनलाइनले जनाएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक शरदचन्द्र शाहीले पद तथा गोपनियताको शपथ गराएका थिए ।