C
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
311

यूएईको जेलमा रहेका ९३५ कैदीलाई जेलमुक्त गर्न यूएईका राष्ट्रपतिले आदेश दिएका छन् । रमदानको अवसरमा राष्ट्रपति शेख खलीफा बिन जयद अल न्यान्यानले आममाफी दिएका हुन् ।
संयुक्त अरब इमिरेट्समा नेपालसहित विभिन्न मुलुकका कामदार पनि त्यहाँको कानुन उल्लंघन गरेको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका छन् । विभिन्न अभियोगमा कैद सजाय पाएर क्षमादान दिइएका धेरैजसो नेपाली कैदीहरू विभिन्न प्रकारका अपराधहरूमा अभैm पनि त्यहाँको जेलमा सजाय भोगिरहेका छन् ।
यो आदेश शरणार्थी कैदीहरूलाई नयाँ जीवन सुरु गर्ने र आफ्नो परिवारमा बोझ कम गर्ने शेखले बताएको गल्फ न्युजले छापेको छ । तर कस्ताकस्ता प्रकारका कैदीलाई छोड्ने भन्नेबारे खुलाइएको छैन ।