जापानमा नेपाल फेस्टिबल हुने
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
356

 गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानी नागरिकलाई लक्षित गरी आगामी अगस्ट २५ र २६ मा नेपाल फेस्टिबल आयोजना गर्ने भएको छ ।
एनआरएनएले नेपालमा जापानी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिबल गर्दै आएको छ । सो फेस्टिबल कोमाजावा वल्र्ड पार्कमा हुने संघले जनाएको छ । जापानमा रहेका सबै नेपालीको सहभागितामा आयोजकले छलफल गरेको छ । आयोजक एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीले फेस्टिबललाई व्यावसायिक रुपमा पनि नाफामा जाने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
कास्की समाजका निवर्तमान अध्यक्ष तथा एनआरएन जापानका उपाध्यक्ष शिवप्रसाद पौडेलले गत वर्षको फेस्टिबलमा समाजले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराई फेस्टिबल सफल गर्न सहयोग पुराएकोले आगामी हुने फेस्टिबलमा पनि सबैको सहयोगको खाँचो रहेको व्यक्त गरे ।