भगवान खनाल
बुधवार, मंसिर ६, २०७४

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १ सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभन्दा कम संख्यामा मन्त्रिमण्डल गठन गर्न सकिने भए पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ । मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ । तर, अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेका परिप्रेक्ष्यमा सरकारको लागी संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ ।

कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ ।

कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सक्ने अवस्था बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयेजित प्रदेश नं. ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले मतदाताले रोजेको दल र उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । दाहालका एक्ला छोरा प्रकाश दाहालको अल्पायुमै आइतबार बिहान निधन भएको हो । लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएपछि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको अस्पतालले जनाएको छ । बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइए पनि परीक्षण गर्दा मृत पाइएको भन्दै त्यसको ९ मिनेटपछि अर्थात् बिहान ५ बजेर ५९ मिनेटमा उनको निधन भएको घोषणा गरिएको थियो । ।

कारोबार संवाददाता
आइतवार, मंसिर ३, २०७४

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गर्न देशभरका आफ्ना कार्यकर्तालाई लिखित परिपत्र गरेको छ । गत कात्तिक ११ गते पार्टी महासचिव विप्लवले गोप्य परिपत्र गरी राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गरी निर्वाचन विरुद्ध ‘जनकारबाही’ गर्न निर्देशन दिएका हुन् ।

कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्रै रद्द भएको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्र रद्द गरिएको भन्दै परियोजना भने रद्द नभएको स्पष्ट पारेका हुन् ।

कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

बाम गठबन्धनले सरकारले बूढीगण्डकी आयोजनाकोे चिनियाँ कम्पनीसँगको सम्झौता सनकको भरमा खारेज गरेको आरोप लगाएका छन् । गठबन्धनमा रहेका एमाले र माओवादीका अध्यक्षले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै सरकरले सम्झौता सनकको भरमा खारेज गरेको भन्दै आफ्नो सरकार आएपछि सम्झौता ब्युँताउने संकेत गरे ।

कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले संविधान बनाउने प्रतिवद्धता कांग्रेसले पूरा गरेको भन्दै संविधान कार्यान्वयनका लागि कांग्रेसलाई मत दिन आग्रह गरेका छन् । नेपाल लोकतान्त्रिक शेर्पा संघले बुधबार कपनमा आयोजना गरेको कार्यक्रममा काठमाडौं ४ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका थापाले संविधानसभाको निर्वाचनमा जाँदा मतदातासँग गरेको बाचाअनुसार नै कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी गरेको स्मरण गराए ।

कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

संघीय समाजवादी फोरमले संविधान संशोधन आजको राजनीतिक आवश्यकता भन्दै देशको आर्थिक समृद्धिका लागि विभिन्न योजना सार्वजनिक गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । समतामूलक समृद्धि र सुशासनको दिशामा देशलाई अगाडि बढाउने दाबी गर्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई बन्दीगृह बनाएको आरोप लगाएको छ ।

कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजतन्त्र हुनुपर्ने एजेण्डा सार्वजनिक गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा गठित सो पार्टीले आफ्नो घोषणापत्रमा यस्तो एजेण्डा ल्याएको हो । मंगलबार रजधानीमा सार्वजनिक घोषणापत्रमा ‘नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा निहित राख्दै राष्ट्रिय चरित्र भएको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उत्तम विकल्प’ भएको उल्लेख छ ।

कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

चेलीबेटी बेचबिखन विरुद्ध सक्रिय संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा स्वागत गरेका हुन् । कार्यक्रममा केही समयअघि कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरी र कांग्रेसका पूर्व सांसद समेत रहेका अर्का व्यवसायी उमेश श्रेष्ठ पनि उपस्थित थिए ।

रासस
सोमवार, कार्तिक २७, २०७४

निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृत रुपमा छलफल र समीक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ ।

तीर्थराज बस्नेत
आइतवार, कार्तिक २६, २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि मुलुकमा तीन प्रकारका दल हुने भएका छन् । निर्वाचन कानुनमा व्यवस्था गरिएको थ्रेसहोल्ड (न्यूनतम भोट सीमा) का कारण दलहरूको वर्गीकरण हुने भएको हो । मंसिर १० र २१ गते हुने निर्वाचनको परिणामले दलहरूको किसिम निर्धारण गर्नेछ । दुई चरणमा गरी देशभरमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त दल, संसदमा प्रतिनिधत्व गर्ने दल र निर्वाचन आयोगमा दर्ता भएको दल गरी तीन प्रकारका दल हुनेछन् ।

कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ९१ वर्षको उमेरमा आफ्नै निवास नक्सालमा निधन भएको हो । विष्ट ३ पटक प्रधानमन्त्री भएका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ मघ १९ मा शासनसत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषदका उपाध्यक्षसमेत बनाइएका थिए । उनको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

जगन्नाथ दुलाल
शुक्रवार, कार्तिक २४, २०७४

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निवाचनको पारो काठमाडौंमा बढेको छ । उम्मेदवारहरू विहानैदेखि बेलुकीसम्म मत माग्न व्यस्त छन् । घरदैलोदेखि जनता भेटघाटमा नै उनीहरू अधिकांश समय खर्चिरहेका छन् । पुराना भनिएकादेखि नयाँ भन्ने दलका समेत उमेदवार रहेको काठमाडौंमा मत माग्ने शैली भने सबैको उस्तै छ ।