प्राविधिक कुरा मिलाएर चाँडै पार्टी एकता : मन्त्री खनाल
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
105

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन् । उनले भने, “पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ ।”
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खनालले एकताबारे सबै कुराहरु मिलाएर अघि बढ्ने विश्वास दिलाए । उनले भने, “जसरी हामीले वाम गठबन्धनपछि प्रतिवद्धता जारी गरेका थियौं, हामीले समृद्धिको योजना सार्वजनिक गरेका थियौं । अबको हाम्रो लक्ष्य भनेको समाजवाद नै हो । हामीहरुबीच सबै कुरा मिल्छ, केही प्राविधिक कुराहरु मिल्न बाँकी छन्, हामी मिलाउँछौं ।”
एकता हुने कुरामा शंका नगर्न आग्रह गरे । खनालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग अहिले एकताबारे छलफल नचलेको स्पष्ट पारे । उनले भने, “तर पार्टी एकता हुनसक्छ, हाम्रो प्राथमिकता भनेको एमाले र हामीबीचको एकता नै हो ।”